ट्रम्पले अब राष्ट्रपति चुनाव लड्न पाउलान् ?
वाशिङटन डीसी । एक ऐतिहासिक फैसलामा न्यूयोर्कको एक अदालतले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हश मनी मुद्दामा दोषी ठहर गरेको छ । ट्रम्पलाई सजाय जुलाई ११ मा सुनाइनेछ । दोषी ठहर भए पनि ट्रम्प यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्नेछन् ।
अमेरिकी संविधानले राष्ट्रपति पदका उम्मेदवारका न्यूनतम योग्यता तोकेको छ । उम्मेदवार कम्तीमा ३५ वर्षको हुनु पर्छ, आजीवन अमेरिकी नागरिक हुनु पर्ने अनि कम्तीमा १४ वर्षसम्म अमेरिकामै बसेको हुनु पर्छ ।
आपराधिक अभिलेख भएका उम्मेदवारलाई चुनाव लड्न नदिने कानुन छैन । जेलमा रहेका व्यक्तिले पनि राष्ट्रपतिको चुनाव लड्न सक्छन् । यसको अर्थ ट्रम्प चुनावमा सहभागी हुन सक्छन् । यो फैसलाले केही स्वीङ्ग स्टेटमा उनका मतदाताहरूले भोट नदिन सक्छन् । फैसलाले ट्रम्पले पाउने मत प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ ।
ट्रम्पले अदालतको यस निर्णयलाई लाजमर्दो र धाँधलीपूर्ण बताएका छन् । वर्तमान वा पूर्व राष्ट्रपतिलाई आपराधिक मुद्दामा मुद्दा चलाइएको अनि दोषी ठहराइएको अमेरिकी इतिहासमा यो पहिलो पटक हो । अमेरिकी राष्ट्रपति जो बाइडेनको चुनावी प्रचार प्रसारमा खटिएको टोलीले ‘कानुनभन्दा माथि कोही नभएको’ भन्दै अदालतको निर्णयलाई उचित ठहर गरेको छ ।
डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार हुन् । यो निर्णयपछि ट्रम्पको चुनाव प्रचार प्रसार टोलीले उनलाई ‘राजनीतिक बन्दी’को रूपमा देखाइरहेका छन् । बाइडेन सत्तारुढ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन् । उनको टोलीले ट्रम्पलाई अझै पनि मतपेटिकामा हराउन बाँकी भनेका छन् ।
सन् २०१६ मा राष्ट्रपति चुनाव अघि आफूहरूबिचको यौन सम्बन्ध गुपचुप राख्न ट्रम्पले पोर्न स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर हश मनी दिएका थिए । यसै मामिलामा ट्रम्पमाथि हश मनी लुकाएको र व्यापार रेकर्डमा हेरेफेर गरेको भन्दै ३४ ओटा मुद्दा चलिरहेको छ । ट्रम्पले भने व्यापारमा हेरफेर गरेको आरोप अस्वीकार गर्दै आएका छन् । स्टर्मी डेनियलसँगको यौन सम्बन्ध पनि उनले अस्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण