सगरमाथा आरोहणबाट फर्किने क्रममा पोखराका पर्यटन व्यवसायीको मृत्यु
पोखरा । पोखराका पर्यटन व्यवसायीको सगरमाथा आरोहणबाट फर्किने क्रममा मृत्यु भएको छ । पोखरा २६ खराने फाँटका ३७ वर्षीय विनोदबाबु बस्ताकोटीको सगरमाथाको सफल आरोहण गरी फर्किने क्रममा चौथो शिविर नजिकै हिउँ पहिरोमा परेर मृत्यु भएको हो ।
उनको निधनमा पोखरा महानगरपालिकाले श्रद्धान्जली सभाको आयोजना गरेको थियो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बस्ताकोटीको पार्थिव शरीरमा नेपालको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा सभागृहमा राखिएको थियो ।
बस्ताकोटीलाई पोखरा महानगरपालिका वडा नम्बर २६ ले वडा रत्न घोषणा गरेको छ । युवा पर्यटन व्यवसायी तथा साहसी युवा बस्ताकोटीको निधनले पोखराको पर्यटन व्यवसायमा अपूरणीय क्षति पुगेको मेयर धनराज आचार्यले बताए ।
उनले यसअघि सन् २०२३ को नोभेम्बर १ तारिखमा ६ हजार १ सय ४५ मिटर अग्लो लोवुचे पिक आरोहण गरेका थिए । चाइनिज भाषाको समेत राम्रो ज्ञान भएका बस्ताकोटी १६ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशील थिए । बस्ताकोटीको मरेखरे घाटमा आजै दाहसंस्कार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण