अनन्त–राधिकाको ‘प्रि–वेडिङ’मा गीत गाउँदै केटी पेरी, पारिश्रमिक कति ?
नयाँ दिल्ली । एसियाकै सबैभन्दा धनी व्यक्ति भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको कान्छा छोरा अनन्त अम्बानीको राधिका मर्चेन्टसँग हुन लागेको बिहेको तयारी धमाधम चलिरहेको छ । बिहेको दिन पनि तय भइसकेको छ । १२ जुलाईमा यी दुईले मुम्बईस्थित जियो वर्ल्ड सेन्टरमा बिहे गर्दै छन् ।
यति बेला यो जोडीको दोस्रो प्रि–वेडिङ कार्यक्रम इटलीबाट फ्रान्ससम्मको क्रुज यात्रामा चलिरहेको छ । क्रुज यात्रामा भइरहेको यो भव्य समारोहमा केटी पेरीले पनि गीत गाउने भएकी छिन् । शुक्रबार साँझ पाँच घण्टासम्म मस्केरेड बल पार्टी हुँदै छ । यो पार्टीमा प्रस्तुति दिन केटी फ्रान्सको कान्स जान लागेको बताइएको छ । यसका लागि केटीलाई लाखौँ डलरको चेक दिइएको बताइएको छ । तर उनले ठ्याक्कै कति रकम लिइन् भन्ने खुलासा भएको छैन ।
गुजरातको जामनगरमा भएको पहिलो प्रि–वेडिङमा हलिउड गायिका रिहान्नाले प्रस्तुति दिएकी थिइन् । सो प्रस्तुतिका लागि अम्बानीले रिहान्नालाई ७४ करोड भारु दिएको बताइएको थियो । दोस्रो प्रि–वेडिङमा अम्बानी परिवारले ७५ अर्ब रुपियाँ खर्च गर्न लागेको बताइएको छ । पहिलो प्रि–वेडिङमा १२ अर्ब ५० करोड भारु खर्च गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण