बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

निर्मल पुर्जामाथि महिला आरोहीद्वारा यौन दुर्व्यवहारको आरोप

पुर्जाले भने, ‘आरोप झुटो हो, कानुनी उपचारको विकल्पबारे सोच्दै छौँ’
शनिबार, १९ जेठ २०८१, ०६ : १८
शनिबार, १९ जेठ २०८१

काठमाडौँ । चर्चित आरोही निर्मल पुर्जामाथि महिला आरोहीहरूले यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएका छन् । ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित एक समाचारका अनुसार हिमाल आरोहणका क्रममा उनीहरूले पुर्जाबाट दुर्व्यवहार भोगेका हुन् ।

समाचारमा पूर्व मिस फिनल्याण्ड लोट्टा हिन्टसा र डा. अप्रिल लियोनार्डोले आफूहरूलाई यौन दुर्व्यवहार गरेको बताएका छन् । पुर्जाले भने आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । सन् २०१९ मा रेकर्ड समयमा विश्वका ८ हजार मिटर माथिका १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरेपछि पुर्जा चर्चामा आएका थिए । उनले हाल हिमाल आरोहणसम्बन्धी कम्पनी नै चलाएर बसेका छन् ।

सन् २०१९ मा प्रकाशित आफ्नो संस्मरणमा नै हिन्टसाले आफू ‘एक चर्चित आरोही’ बाट दुर्व्यवहारमा परेको उल्लेख गरेकी थिइन् । न्युयोर्क टाइम्ससँगको कुराकानीमा भने उनले पुर्जाको नाम नै उल्लेख गरेकी छिन् । उनका अनुसार पुर्जाले उनको कोठामा आएर जबरजस्ती गर्न खोजेको तर आफू नमानेपछि पुर्जाले उनको छेउमा बसेर हस्तमैथुन गरेका थिए ।

त्यस्तै, डा. अप्रिल लियोनार्डोले पनि पुर्जाले आफूलाई जबरजस्ती समाएर चुम्बन लिएको दाबी गरेकी छन् । केटू हिमाल आरोहणमा पुर्जा उनको गाइड थिए । सोही समयमा यो घटना भएको उनको भनाई छ ।

यता निम्सले आफ्नो इस्टाग्राम (निम्सदाइ) को स्टोरीमा एक पोस्ट हाल्दै आफूले कुनै पनि गल्ती नगरेको बताउँदै गरिएका दाबीहरू झुटो भएको बताएका छन् । उनले पत्रिकालाई यसअघि नै आफूमाथि लगाइएको आरोप साँचो नभएको प्रमाण दिएको पनि जिकिर गरेका छन् ।

उनले समाचारमा धेरै तथ्यहरू गल्ती रहेको पनि जिकिर गरेका छन् । मार्च ३० मा भएको भनिएको घटनामा पुर्जाले आफूले सो दिन गरेको काम र रहेको स्थानको टाइमलाइन पत्रिकालाई उपलब्ध गराएको पनि बताएका छन् । उनले यो घटना नघटेको भन्ने धेरै प्रत्यक्षदर्शीको बयानलाई समावेश नगरेर केहीको मात्र भनाइको आधारमा समाचार तयार गरेको आरोप पनि लगाएका छन् । 

उनले यस विषयमा सत्य तथ्य बाहिर आउने आशा व्यक्त गर्दै कानुनी उपचारको तयारी गरिरहेको जानकारी दिएका छन् ।

Nims1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप