चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ : महासंघ
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आसन्न निर्वाचनका लागि मतदाता नामावली प्रकाशित नहुँदै महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी भएकोमा ध्यानाकर्षण भएको जनाएको छ । शनिवार महासंघका अध्यक्ष विपुल पोखरेलले एक विज्ञप्ति जारी गर्दै महासङ्घले हालसम्म मतदाताहरूको आधिकारिक सूची प्रकाशित नगरेको समेत जनाएका छन् ।
उनले असहमतिलाई वार्ता र सम्वादमार्फत समाधान गर्न सकिने भन्दै चुनावको वातावरण निर्माणमा संवेदनशील बन्न समेत सबैलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा अध्यक्ष पोखरेलले भनेका छन्– ‘निर्वाचन समितिमार्फत प्रकाशित हुने मतदाता नामावलीमा त्रुटि सच्याउने तथा छुटेका पत्रकारहरूको नाम समेट्न सकिने भएकोले केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी खोलेर तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माणका लागि आग्रह गर्दछौँ ।’
मतदाता नामावलीमा त्रुटि सच्याउन तथा छुटेका पत्रकारहरूको नाम समेट्नुपर्ने माग गर्दै समाजवादी प्रेस सङ्गठन र प्रेस युनियनसँग आबद्ध पत्रकारहरूले महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिरहेका छन् । महासङ्घको नयाँ नेतृत्वका लागि जेठ २६ गते निर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण