रियललाई रेकर्ड १५ औँ च्याम्पियन्स लिगको उपाधि

वेम्बले । रियल मड्रिड पुनः एकपटक युरोपको च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पाखा लगाउँदै रियलले रेकर्ड १५ औँ पटक उपाधि जित्न सफल भएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । रियलले राम्रो प्रदर्शन गर्न सकेन भने डर्टमन्डका करिम अडेयेमीले दुईवटा गोलको अवसर खेर फालेका थिए ।
निकलास फुलक्रुगको प्रयास गोलपोस्टमा लागेको थियो । रियलका गोलकिपर थियाबट कोर्टवाले पनि थुप्रै विपक्षीको प्रहार बचाऊ गरे ।
दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको रियलले ७४ औँ मिनेटमा अग्रता लियो । टोनी क्रुसको कर्नरमा ड्यानी कार्भाहालले गोल गर्दै रियललाई अग्रता दिलाए ।
नौ मिनेटपछि जुड बेलिङह्यामको पासमा गोल गर्दै भिनिसियस जुनियरले रियलको जित सुनिश्चित गरे । योसँगै वेम्बलेमा डर्टमन्डले लगातार दोस्रो च्याम्प्यिन्स लिगको फाइनल गुमाएको छ । यसअघि सन् २०१३ मा टोली फाइनलमा जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखसँग पराजित भएको थियो ।
रियलका म्यानेजर कार्लो एन्चेलोटीले प्रशिक्षकका रुपमा च्याम्पियन्स लिगको उपाधि जितेको यो रेकर्ड पाँचौँ पटक थियो । त्यस्तै, टोनी क्रुस, कार्भाहाल, नाचो र लुका मोड्रिचले पनि कीर्तिमान बराबरी गर्दै छैटौँ पटक उपाधि जित्न सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख
-
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित