खेल भइरहँदा जब अमेरिकी सुरक्षाकर्मीको आँखा छल्दै रोहित शर्माका प्रशंसक मैदानभित्र छिरे
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आइतबारदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु भएको छ । उद्घाटन खेल पनि खेलिसकिएको छ । उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेट विकेटले हरायो ।
आइतबार नै टी–२० विश्वकपको अन्तिम अभ्यास खेल पनि खेलिएको थियो । न्यु योर्कमा खेलिएको अन्तिम अभ्यास खेलमा भारतले बंगलादेशलाई ६० रनको फराकिलो अन्तरले हराएको थियो ।
त्यो अभ्यास खेलका क्रममा स्थानीय सुरक्षाकर्मीबाट गम्भीर चुक भएको भन्दै अहिले त्यसको आलोचना भइरहेको छ । बंगलादेशविरुद्धको अभ्यास खेलका क्रममा एक समर्थक अमेरिकी सुरक्षाकर्मीलाई छक्क्याउँदै मैदानभित्र प्रवेश गरेका थिए ।
खासमा ती व्यक्ति भारतीय टोलीका कप्तान रोहित शर्माका प्रशंसक थिए । न्यु योर्कस्थित नासाउ काउन्टी स्टेडियममा खेल भइरहँदा ती समर्थक सुरक्षाकर्मीको आँखा छल्दै रोहित शर्मालाई भेट्न मैदानभित्र छिरेका थिए ।
खेल चलिरहँदा मैदानभित्र छिरेका ती समर्थकले रोहित शर्मालाई अँगालो हालेका थिए । त्यसलगत्तै सुरक्षाकर्मीले ती समर्थकलाई नियन्त्रणमा लिएर मैदानबाट बाहिरी निकालेका थिए । टी–२० विश्वकपका क्रममा आतङ्ककारी हमलाको चेतावनी प्राप्त भइरहँदा यस्तो सुरक्षा कमजोरी देखिएको भन्दै त्यसको आलोचना भएको हो ।
विश्वकप सुरु हुनुभन्दा निकैअघि भारत र पाकिस्तानबिचको खेलका क्रममा आतङ्ककारी हमलाको चेतावनी दिइएको थियो । टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेल जुन ९ तारिखमा न्यु योर्कको आइसनहोवर पार्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममै खेलिँदैछ ।
आतङ्ककारी आक्रमणको धम्की आएपछि सुरक्षा व्यवस्था निकै कडा बनाइएको स्थानीय प्रशासनले जनाएको थियो । आतंकबादी संगठन आईएसआईएस खोरासनले एक डिभियो सार्वजनिक गर्दै भारत र पाकिस्तानबिचको खेलका क्रममा आक्रमणको चेतावनी दिएको हो ।
उक्त भिडियोमा खेलका क्रममा ‘लोन उल्फ’ आक्रमण गर्ने धम्की दिइएको छ । ‘लोन उल्फ’ आक्रमण भनेको कुनै एक व्यक्तिलाई प्रयोग गरेर गरिने आतङ्ककारी आक्रमण हो ।
The fan who breached the field and hugged Rohit Sharma was taken down by the USA police.
— Mufaddal Vohra (@mufaddal_vohra) June 1, 2024
- Rohit requested the officers to go easy on them. pic.twitter.com/MWWCNeF3U2
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण