केजरीवालद्वारा दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् । २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि उनी जेल पुगेका हुन् ।
दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले भनिन्, ‘चुनाव लोकतन्त्रको जग हो। लोकतन्त्र बचाउन सर्वोच्च अदालतले केजरीवाललाई २१ दिनको जमानत दिएको थियो। अदालत र संविधानको सम्मान गर्दै केजरीवालले निर्धारित मितिमा आत्मसमर्पण गर्नु भएको छ ।’
‘यो सत्य हो कि उहाँको स्वास्थ्य राम्रो छैन। उनको केटोन लेभल धेरै उच्च छ, उनको तौल छ किलोले घटेको छ तर पार्टीका कोही नेतालाई जेल जाने डर छैन,’ उनले भनिन् ।
दिल्ली एक्साइज मुद्दामा जेल सजाय काटिरहेका केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा जमानत दिएको थियो। अदालतले निर्वाचन प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा हुने र मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण