राजगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु
सोमबार, २१ जेठ २०८१, १० : १७

मध्य प्रदेश । भारतको मध्य प्रदेश राज्यको राजगढमा आइतबार राति भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । यी १३ जना राजस्थानको झालवार जिल्लाका बासिन्दा भएको बताइएको छ ।
तीव्र गतिमा गुडिरहेको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ । ट्र्याक्टर जन्ती गइरहेको बताइएको छ । दुर्घटनामा ट्र्याक्टरको ट्रलीमा सवार १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
अरु ४० जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ । राजगढ जिल्लाको पिपलोदी रोडमा ट्रयाक्टरको ट्रली पल्टिँदा यो दुर्घटना भएको हो ।
घाइतेहरुको जिल्ला अस्पताल राजगढमा उपचार भइरहेको छ । केहीलाई उपचारका लागि भोपाल लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरका सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको प्रगति, न्यूक्यासल र चेल्सीलाई पछि पार्यो
-
चार वायु थप सक्रिय, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
महाशिला गाउँपालिकाको नीति तथा कार्यक्रम गुरुङ भाषामा
-
कुन देशको मुद्राको विनिमय दर कति ?
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा