राजगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु
सोमबार, २१ जेठ २०८१, १० : १७
मध्य प्रदेश । भारतको मध्य प्रदेश राज्यको राजगढमा आइतबार राति भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । यी १३ जना राजस्थानको झालवार जिल्लाका बासिन्दा भएको बताइएको छ ।
तीव्र गतिमा गुडिरहेको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ । ट्र्याक्टर जन्ती गइरहेको बताइएको छ । दुर्घटनामा ट्र्याक्टरको ट्रलीमा सवार १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
अरु ४० जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ । राजगढ जिल्लाको पिपलोदी रोडमा ट्रयाक्टरको ट्रली पल्टिँदा यो दुर्घटना भएको हो ।
घाइतेहरुको जिल्ला अस्पताल राजगढमा उपचार भइरहेको छ । केहीलाई उपचारका लागि भोपाल लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण