घट्यो पासपोर्ट आयात, १ अर्ब ७४ करोड बाहिरियो
सोमबार, २१ जेठ २०८१, १४ : ५२
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा पासपोर्टको आयात घटेको छ । तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा पासपोर्ट आयात खुम्चिएको हो ।
गत आर्थिक वर्षको १० महिनाको अवधिमा १ अर्ब ७९ करोड ८८ लाख रुपैयाँको पासपोर्ट भित्रिएको थियो । जुन चालू वर्षको १० महिनाको अवधिमा १ अर्ब ७४ करोड रुपैयाँमा सीमित बनेको हो ।
भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि वैशाखसम्मको अवधिमा डेढ अर्ब रुपैयाँभन्दा बढीको पासपोर्ट आयात भएको हो । यो गत वर्षको तुलनामा ५ करोड रुपैयाँले न्यून आयात हो ।
यस अवधिमा विदेशबाट ५६ हजार वटा पासपोर्ट आयात भएको छ । गत वर्षको सोही अवधिमा ६२ हजार ८४५ वटा पासपोर्ट आयात भएको तथ्याङ्कमा छ । नेपालमा आउने सबै पासपोर्ट फ्रान्सबाट आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण