भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बन भए गोदावरीका मेयर

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएको छ।
आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै उनीहरूविरूद्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
विशेषमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर महर्जन र अन्य कर्मचारी पदबाट निलम्बन भएका छन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ ले उनीहरू निलम्बनमा परेका हुन् ।
‘कुनै राष्ट्रसेवक दफा २८ को उपदफा १ को खण्ड ग दफा ३० को उपदफा ३ तथा दफा ३१ बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने छ’ ऐनको दफा ३३ मा भनिएको छ।
अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्टै मुद्दा पेश गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगले दुई खरिदारसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलायो
-
अनेरास्ववियुका नवनिर्वाचित अध्यक्षलाई प्रश्न– तपाईंसँग शिक्षामा सुधार गर्ने कुन क्याप्सुल छ ? (भिडियोसहित)
-
नक्कली प्रमाणपत्रधारी सव–इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर
-
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान
-
सर्लाहीका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
-
भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर