म कसैको प्रेमिका भएकी छैन : गरिमा शर्मा
सधैँ म्युजिक भिडियोको ‘एक्सन’ र ‘कट’मा व्यस्त रहने मोडल गरिमा शर्मा केही दिन यता विभिन्न मिडियामा धाउँदै दिन बिताउन थालेकी छन् । उनी विभिन्न मिडियामा पुग्नुको कारण हो– फिल्म ‘लण्डन टु पेरिस’ ।
यो उनको डेब्यु फिल्म हो । फिल्म सफल बनाउन प्रचार प्रसारका लागि उनी मिडियाको दौडधुपमा लागेकी हुन् । ‘फिल्म सफलताको लागि उचित प्रचारप्रसार आवश्यक छ’, उनले भनिन्, ‘त्यसका लागि मिडिया त धाउनु पर्यो नि ।’
उनी फिल्म रिलिजलाई लिएर केही अगाडिसम्म एकदमै खुसी थिइन् । रिलिज मिति नजिकिँदै गर्दा अहिले डराएकी छन् । दर्शकले अभिनय रुचाउँछन्, कि रुचाउँदैन् ? मेकर्सले अभिनयलाई के भन्ने हुन् भनेर डर लाग्ने गरेको उनको भनाइ छ ।
फिल्म सफल बनाउन पनि आफू सबै काम छोडेर मिडिया प्रचारमा हिँडिरहेको गरिमाले बताइन् । अभिनयमा आएदेखि नै दर्शकको साथ पाएकाले फिल्ममा पनि पाउने उनको अपेक्षा हो । फिल्म हेरेर राम्रो वा नराम्रो प्रतिक्रिया दिन उनी दर्शकलाई अनुरोधसमेत गर्छिन् ।
‘लन्डन टु पेरिस’ प्रेमकथामा बनेको फिल्म हो । फिक्सनल र फेन्टासी चरित्रले भरिएको फिल्मले लण्डनमा गएर सङ्घर्ष गर्ने ४ पात्रको प्रेमकथा भन्छ । ४ पात्र बिचमा जेलिएको सम्बन्ध र सम्बन्धको उतारचढाव नै फिल्म भएको उनको भनाइ छ ।
घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ ट्राभल लभस्टोरी कथामा बनेको हो । फिल्ममा चलेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि छिन् । चलेको अभिनेत्री भएको फिल्ममा नवअभिनेत्रीदेखि कन्टेन्ससम्म अन्यायमा पर्ने गर्छन् । यो फिल्म अभिनय गर्दा आफूले भने त्यस्तो अनुभव गर्नु नपरेको गरिमा सुनाउँछिन् ।
फिल्ममा गरिमा लभर गर्लको रुपमा देखिँदैछिन् । फिल्मको प्रचारका लागि सार्वजनिक ट्रेलर, टिजरमा उनले राम्रो स्थान पाएकी छन्, जसले दर्शकलाई फिल्मप्रति आकर्षण जगाएको छ ।
‘फिल्मले दर्शकका लागि नौलो स्वाद पक्कै दिनेछ’, उनले भनिन् ‘दर्शकले कलाकारभन्दा पनि कन्टेन्ट खोज्ने हो । फिल्मको कन्टेन्टले दर्शक तान्छ,’ उनले भनिन् । फिल्मबाट पनि राम्रो प्रतिक्रिया पाउने आशा रहेको उनले बताइन् ।
घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ ट्राभल लभस्टोरी कथामा बनेको हो । फिल्ममा चलेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि छिन् । चलेको अभिनेत्री भएको फिल्ममा नवअभिनेत्रीदेखि कन्टेन्ससम्म अन्यायमा पर्ने गर्छन् । यो फिल्म अभिनय गर्दा आफूले भने त्यस्तो अनुभव गर्नु नपरेको गरिमा सुनाउँछिन् ।
हुन त ‘लण्डन टु पेरिस’ अगाडि गरिमा ‘चिलगाडी’ भन्ने फिल्ममा अनुबन्धित भएकी थिइन् । ‘चिलगाडी’ समयमा निर्माण नहुँदा ‘लण्डन टु पेरिस’ उनको डेब्यु फिल्म बन्न पुग्यो ।
गरिमा म्युजिक भिडियो अभिनयमा चर्चापछि फिल्ममा भित्रिएकी हुन् । ‘पिरतीको गीत’ बोलको गीतको म्युजिक भिडियोबाट अभिनय थालेकी उनले यो भिडियो आफ्नो बुबाको कारण हात पारेकी थिइन् । बुबालाई उनको अभिनयमा रुचि रहेको थाहा थियो ।
यो गीतपछि उनले लगातार ७ म्युजिक भिडियो अभिनय गरिन् । तर गीतको चर्चा भएन । त्यसपछि टिकटकमा विभिन्न कन्टेट अपलोड गरिन् । जसले उनलाई ‘नबोली नबोली’ गीतको म्युजिक भिडियो दिलायो । यो गीतको चर्चापछि उनले भिडियो अभिनयमा पछि फर्किएर हेर्नु परेन ।
३ वर्षमा करिब २ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्न सफल उनका ‘नबोली नबोली’, ‘पर्दैन फकाउन’, ‘एउटा सपना छ’, ‘बस्यौ अलग्गै’ लगायत थुप्रै म्युजिक भिडियो हिट छन् । गरेको काम हिट भएपछि नाम र दाम त हुने नै भयो । त्यसैले त्यसपछिका तीन वर्ष उनले आँखा चिम्लिएर म्युजिक भिडियोमा अभिनय गरिन् ।
सानैदेखि फिल्मको पर्दामा छाउने रहर पालेकी उनी आफूलाई ठुलो पर्दामा उभ्याउने प्रोसेसको रुपमा म्युजिक भिडियोको अभिनयमा थिइन् । ‘लन्डन टु पेरिस’ले उनलाई सानोपर्दाबाट ठुलो पर्दामा पुर्यायो ।
पहिलो फिल्म ‘लण्डन टु पेरिस’ रिलिज नहुँदै गरिमाको हातमा ‘दौतरी’, ‘ह्रस्व दीर्घ’, ‘वर एण्ड वधु’ गरेर तीन फिल्म परेका छन् । यीमध्ये दुई फिल्म ‘ह्रस्व दीर्घ’, ‘वर एण्ड वधु’मा उनले अभिनय गरिसकेकी छन् ।
म्युजिक भिडियो धेरै गरेको भएर होला, उनलाई फिल्म अभिनयमा क्यामरा फेसका लागि खासै समस्या भएन । ठुलो पर्दामा काम गरिरहेको छु सोच्दा केही नर्भस भएको उनले अनुभव सुनाइन् । उनले भनिन्, ‘निर्माण युनिट र निर्देशक घनश्याम लामिछानेको सपोर्टले काम पूरा गर्न सजिलो भयो ।’
म्युजिक भिडियो र फिल्म अभिनयमा उनले खासै भिन्नता भेटिनन् । त्यसैले आगामी दिन दुवैतिर निरन्तरता दिने उनको सोच छ ।
अधिकांश नवअभिनेत्रीले आफ्नो डेब्यु फिल्मका लागि चलेका अभिनेता रुचाउँछन् । त्यसले अभिनय चर्चा हुनुको साथै सिक्नसमेत मिल्छ । गरिमाले भने नवअभिनेता निश्चल खड्कासँग डेब्यु गरेकी छन् । थुप्रै म्युजिक भिडियोको अभिनय अनुभवले अनुभवी अभिनेता नपर्खिएको उनी बताउँछिन् ।
पहिलो फिल्म ‘लण्डन टु पेरिस’ रिलिज नहुँदै गरिमाको हातमा ‘दौतरी’, ‘ह्रस्व दीर्घ’, ‘वर एण्ड वधु’ गरेर तीन फिल्म परेका छन् । यीमध्ये दुई फिल्म ‘ह्रस्व दीर्घ’, ‘वर एण्ड वधु’मा उनले अभिनय गरिसकेकी छन् ।
सानैदेखि फिल्मको सपना देखेर अभिनयमा भित्रिएकी उनी अहिले त्यही सपनाको बाटोमै छिन् । चितवन स्थायी ठेगाना भएकी उनले काठमाडौँबाट अभिनय करियर अगाडि बढाइरहेकी छन् ।
फिल्ममा अभिनयमा च्यालेन्जिङ र एक्सन भूमिका गर्ने उनको योजना छ । अभिनेता दयाहाङसँग फिल्ममा अभिनय गर्ने चाहना भएको बताउने उनी दयाहाङको अभिनय करियरबाट लोभिएकी छन् । दयाहाङसँग अभिनय गर्न पाए धेरै सिक्न सक्ने उनको बुझाइ हो ।
प्रेमलाई जीवनको एउटा पाटो मान्ने उनी रिलमा धेरैको प्रेमिका बनेकी छन् । रियलमा भने अहिलेसम्म आफू कसैको प्रेमिका नभएको उनी बताउँछिन् ।
अहिले विवाहको उमेर भए पनि आत्मनिर्भर भएपछि विवाह गर्ने सोचमा रहेकी उनको अभिनय यात्राले वकिल बन्ने लक्ष्यमा भने बाधा पुगेको छ । ‘अभिनयमा नआएको भए म वकिल हुन्थेँ । किनभने स्कुल अफ ल अध्ययनका लागि भर्ना भएको थिएँ’, उनी अगाडि भनिन्, ‘अभिनयको व्यस्तताले अध्ययन छुट्यो ।’
फेसन र खेलमा रुचि भएकी उनी देशको गेम हुँदा प्रायः सबै खेल हेर्छिन् रे । उनको मनपर्ने खेलाडी सन्दीप लामिछाने, कुसल भुर्तेल, करण केसी र रोहित पौडेल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरमा रहेका देउवा पुगे कोइराला निवासमा
-
आलोचनापछि पाथीभराको घण्टी बिक्री स्थगन
-
प्रथम कोशी प्रदेश सम्मेलनमा महामन्त्री शर्मा पनि अनुपस्थित
-
नेपाल र भारतसहित मिलेर गरेको डिसेम्बर २१ लाई विश्व ध्यान दिवस मनाउने प्रस्ताव पारित
-
सैफ र दीपेन्द्रको शानदार ब्याटिङ, सुदूरपश्चिमद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा सङ्कटमा