चाबहिल घटना : चञ्चलले आफूसँगै छोरीहरूलाई पनि छर्किएका थिए पेट्रोल
काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिल सरस्वतीनगरमा चञ्चल बहादुर सिंहले पेट्रोल छर्केर आफैँलाई आगो लगाउँदा परिवारका ५ जना घाइते भए । २२ जेठमा साँझ पौन नौ बजेतिर मदिरा सेवन गरेर घर आएपछि सिंहले पेट्रोल छर्केर आगो लगाएका हुन् ।
पेट्रोल छर्केर आगो सल्काउँदा चञ्चल बहादुरकी १६ वर्षीय छोरी समृद्धिको शरीर करिब ८५ प्रतिशत जलेको छ । जेठी छोरी २४ वर्षीय सुप्रिया सिंहको अनुहार र शरीरमा करिब ५५ प्रतिशत जलेको छ । ५५ वर्षीय चञ्चलकी पत्नी बिन्दु सिंहको शरीर करिब ७ प्रतिशत जलेको छ । उनीहरूका कान्छी छोरी ८ वर्षीय सुहानाको शरीर १५ प्रतिशत जलेको छ । चञ्चलको शरीर करिब १२ प्रतिशत जलेको छ । पाँचै जनालाई उपचारको लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा भर्ना गरिएको छ । आफूसँगै उनले छोरीहरूलाई समेत लक्षित गरेर पेट्रोल छर्केको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार चञ्चलको स्थायी पेसा छैन । मदिरा सेवन गरेर पत्नीसँग झगडा गर्दै आएका उनले मंगलबार पनि मदिराको नशामा पेट्रोल छर्केको प्रहरी अधिकृतहरू बताएँछन् । सरस्वतीनगर स्थित घटना भएको ३ तले घर चञ्चलको हो । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘मदिराको कारण पेट्रोल छर्केको देखिन्छ, अरुबेला पनि झगडा हुँदो रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण