समाचार
चाबहिलमा पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाए, ५ जना घाइते
बुधबार, २३ जेठ २०८१, १३ : १८
काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ चाबहिल स्थित सरस्वती नगरमा एक पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाएपछिको घटनामा ५ जना घाइते भएका छन् ।
बुधबार ५५ वर्षीय चञ्चल बहादुर सिंहले आफ्नै शरीरमा आगो लगाउँदा उनीसहित रिवारका ५ जना घाइते भएका हुन् ।
घाइते हुनेमा सिंहसहित उनका ३ जना छोरी र पत्नी छन् । घाइतेहरूलाई उपचारको लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा पठाइएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले रातोपाटीलाई बताए ।
घरायसी झगडा र मादक पदार्थ सेवन गरेर सिंहले घरमै आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । बुवाले छर्केको पेट्रोलका कारण शरीर जलेर उनका दुई छोरीहरू गम्भीर घाइते भएका छन् । २४ र १६ वर्षीया छोरीहरू गम्भीर घाइते भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण