फ्रान्सको जितमा एम्बाप्पेको गोल
पेरिस । स्टार खेलाडी किलियान एम्बाप्पेले गोल गर्दा फ्रान्सले मैत्रीपूर्ण खेलमा लक्जम्बर्गमाथि ३–० को जित हासिल गरेको छ ।
खेलको ४३ औँ मिनेटमा रान्डल कोलो मुनाईले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ७० औँ मिनेटमा जोनाथन क्लाउसले टोलीको अग्रता दोब्बर बनाए । दुवै गोलकाे अवसर एम्बाप्पेले सिर्जना गरेका थिए । ८५ औँ मिनेटमा एम्बाप्पे आफैलेले टोलीका लागि तेस्रो गोल थपे ।
खेलमा दुईवटा गोलको अवसर सिर्जना गरेका एम्बाप्पेको फ्रान्सका लागि २८ औँ एसिस्ट थियो । उनले यसमा जिनेदिन जिदान र थिएरी हेनरीको रेकर्ड उछिनेका छन् । उनीभन्दा अघि एन्टोनी ग्रिजमान (३०) मात्र रहेका छन् ।
खेलमा अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका ओलिभिए जिरु फ्रान्सका लागि खेल्ने सबैभन्दा धेरै उमेरका खेलाडी बने । उनले ३७ वर्ष २४९ दिनको उमेरमा फ्रान्सका लागि खेलेका हुन् ।
अब डिडिएर डेसच्याम्पको टोलीले यूरो २०२४ अघि मैत्रीपूर्ण खेलमा क्यानडाको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण