पोखरामा सहकारी पीडितमाथि सरकारले दमन गर्यो : जनमोर्चा
बिहीबार, २४ जेठ २०८१, १२ : ५७

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले पोखरामा सहकारी पीडितमाथि सरकारले दमन गरेको भन्दै त्यसको विरोध गरेको छ । सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनाको विरोध गरेका हुन् ।
जारी विज्ञप्तिमा सहकारी पीडितहरूको प्रदर्शनका क्रममा दमन गर्दा गिरफ्तार गरिएकाहरूलाई अविलम्ब रिहा गर्न तथा घाइतेहरूको उपचारसमेत गर्न सरकारसँग माग गरिएको छ ।
अध्यक्ष केसीले सहकारी पीडितहरूको आन्दोलन जायज रहेको भन्दै सो आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएका छन् । उनले प्रधानमन्त्री कै उपस्थितिमा सहकारी पीडितहरूमाथि दमन र धरपकड गर्ने सरकारको कार्य गम्भीर रूपले भर्त्सनायोग्य रहेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
-
सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा
-
सहसचिव भट्टराई तीन दिन अख्तियारमा उपस्थित, मन्त्रालयमा गर्छन् हाजिर
-
भारतको केन्द्रीय बैँकद्वारा अपेक्षाभन्दा बढी ब्याजदर कटौती
-
पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दा सम्मानपूर्वक निरुपण हुनुपर्छ : महामन्त्री थापा
-
तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन