पोखरामा सहकारी पीडितमाथि सरकारले दमन गर्यो : जनमोर्चा
बिहीबार, २४ जेठ २०८१, १२ : ५७
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले पोखरामा सहकारी पीडितमाथि सरकारले दमन गरेको भन्दै त्यसको विरोध गरेको छ । सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनाको विरोध गरेका हुन् ।
जारी विज्ञप्तिमा सहकारी पीडितहरूको प्रदर्शनका क्रममा दमन गर्दा गिरफ्तार गरिएकाहरूलाई अविलम्ब रिहा गर्न तथा घाइतेहरूको उपचारसमेत गर्न सरकारसँग माग गरिएको छ ।
अध्यक्ष केसीले सहकारी पीडितहरूको आन्दोलन जायज रहेको भन्दै सो आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएका छन् । उनले प्रधानमन्त्री कै उपस्थितिमा सहकारी पीडितहरूमाथि दमन र धरपकड गर्ने सरकारको कार्य गम्भीर रूपले भर्त्सनायोग्य रहेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण