सुरक्षा निकायहरूलाई विपद् प्रतिकार्यका लागि तयारी रहन मन्त्री श्रेष्ठको निर्देशन
हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रममा बोल्दै उनले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन मातहतका सुरक्षा निकायहरूलाई निर्देशन दिएका हुन् । उनले मनसुन सुरु हुन लागेको भन्दै मनसुनजन्य विपद् बाट बच्नका लागि उच्च सतर्कता अपनाउन प्रदेशवासीहरूलाई अनुरोध पनि गरे ।
उनले मनसुनजन्य विपत्ति सामना गर्न प्रदेश सरकारले आवश्यक पूर्वतयारी गरेको बताए । उनले हेटौँडा, धुलिखेल र विदुरमा विपद् सामाग्रीहरू भण्डारण गरेको, सरकारको ३ वटै तह, ३ वटै सुरक्षा निकाय र सम्बद्ध संघ संस्थाहरूसँग समन्वय गर्दै विपद् पूर्वतयारीको कामलाई अगाडि बढाइरहेको जानकारी दिए ।
मन्त्री श्रेष्ठले समाजमा विपद् सुरक्षा संस्कृति निर्माण गर्न सके मानवजन्य विपत्ति नियन्त्रण र प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सकिने बताए । उनले प्रदेश सरकारले यस वर्ष केही पालिकाहरूमा विपद् स्वयंसेवक निर्माण र परिचालन गर्दै आएकोमा त्यसलाई बढाएर अभियानात्मक रूपमा स्वयंसेवक निर्माण र परिचालन गर्ने जानकारी दिए ।
उनले विद्यालयस्तरमा गएर विद्यार्थीहरूलाई विपद् सुरक्षा संस्कृति निर्माणका लागि पढाउने र सिकाउने जानकारी पनि दिए । मन्त्री श्रेष्ठले सरकारले मनसुनजन्य विपद् पूर्व तयारीका लागि जोड दिएर काम गरिरहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
-
विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकार
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण