सरकारले भन्यो– समीकरण फेरबदल हुँदा राजदूत फिर्ता बोलाउने प्रचलन नै हो

काठमाडौँ । सरकारले सत्ता समीकरण फेरिएपछि राजदूतहरू फिर्ता बोलाउने विगतको परम्पराकै निरन्तरता भएको बताएको छ । सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समीकरण फेरिदा राजदूतहरू फिर्ता गर्ने सरकारले यो पहिलो पटक नगरेको बताइन् ।
शुक्रबार बिहीबारका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री शर्माले भनिन्, ‘११ देशका राजदूत फिर्ता बोलाउने निर्णय र प्रधानमन्त्री भारत जाने विषय जोडिएको छैन ।’
मन्त्री शर्माले विगतमा पनि सत्ता समीकरण फेरबदल हुँदा राजदूतहरू फिर्ता बोलाउने गरिएको बताइन् ।
‘विगतमा पनि कतिपय समीकरण फेरिदा प्रचलनकै रूपमा राजदूतहरू फिर्ता बोलाउने कुरा स्थापित भयो’, उनले भनिन्, ‘यो ठिकबेठिक के हो भनेर समीक्षाको विषय हुनसक्छ । तर प्रचलनकै रूपमा स्थापित भएको विषय हो यो ।’
उनले परराष्ट्र मन्त्रालयको प्रस्तावमा राजदूतहरू फिर्ता बोलाएको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका
-
‘महाभोज’ हेरेपछि सांसद शाही : सहकारीको विषयमा फेरि बोल्न बाध्य बनायो
-
उपप्रधानमन्त्री सिंहद्वारा धोबीखोला अनुगमन
-
महिला भलिबलमा सुदूरपश्चिमबाट उदाउँदै गरेका संगीता र सरिता
-
उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठकले के गर्यो निर्णय ?
-
प्रतिनिधिसभामा असार ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर