ओमनलाई हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा
काठमाडौँ । टी–२० विश्वकपमा ओमानमाथि शानदार जित हासिल गर्दै स्कटल्याण्ड समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा स्कटल्याण्ड ७ विकेटले विजयी बनेको हो ।
ओमानले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य टोलीले मात्र ३ विकेटको क्षतिमा ४१ बल अगावै पछ्यायो । टोलीका लागि ब्रान्डन म्याकमुलेन नायक बने । उनले मात्र ३१ बलमा ६१ रन जोडे । यस क्रममा उनले ९ चौका र २ छक्का प्रहार गरे ।
ओपनर जर्ज मुन्सेले २० बलमा ४१ रनको योगदान दिए । उनले २ चौका र ४ छक्का हिर्काए । माइकल जोन्सले १६ रन तथा म्याथ्यु क्रसले नटआउट रहँदै १५ रन बनाए ।
ओमानका लागि बिलाल खान, अकिब इलियास र मेहरान खानले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५० रन बनाएको थियो । टोलीका लागि ओपनर प्रतीक अथाभालेले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४ चौका र २ छक्का हिर्काए ।
त्यस्तै, आयान खानले ३९ बलमा ४१ रन जोडे भने कप्तान अकिब इलियासले १६ रन बनाए । स्कटल्याण्डका लागि साफयान सरिफले २ तथा मार्क वाट, ब्राड विल, क्रिस सोल र क्रिस ग्रिभेसले १–१ विकेट लिए ।
समूह बीमा स्कटल्याण्ड ५ अङ्क बटुल्दै शीर्ष स्थानमा पुगेको छ । ३ खेलमा टोलीले २ मा जित हासिल गरेको छ भने १ खेलमा कुनै नतिजा निस्कन सकेन ।
समूहको दोस्रो स्थानमा अस्ट्रेलिया छ । एक खेल कम खेलेको टोलीको ४ अङ्क छ । ओमान भने ३ खेलमा जितविहीन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण