विभिन्न स्थानबाट लागु औषधसहित चार जना पक्राउ
काठमाडौँ । विभिन्न स्थानबाट लागुऔषसहित चार जना पक्राउ परेका छन् । कास्की, मकवानपुर र कञ्चनपुरमा लागुऔषसहित चार जना पक्राउ परेका हुन् ।
कास्कीको पोखरा महानगरपालिका–१३ कसेरीबाट लागुऔषध गाँजा ३ सय ७५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१३ संगमटोल बस्ने ३० वर्षीय सागर परियार र सोही महानगरपालिका- १३ चापापानी बस्ने १९ वर्षीय विशाल नेपाली रहेका छन् ।
उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टिनालाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ मिलिग्रामसहित भारत उत्तर प्रदेश पिलभित टिल्ला नम्बर ४ बस्ने २४ वर्षीय सोनु सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश
प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । यता, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट लागूऔषध गाँजा करिब १२ किलोग्रामसहित मनहरी गाउँपालिका–२ बस्ने ३० वर्षीय दिनेश गोङबा पक्राउ परेका छ्न् । गएराति उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा.३२ प २५९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण