४० वर्षमा ३६ लाख ४ हजार ४३७ रुपैयाँ मात्रै सरकारी बेरुजु फछ्र्यौट

काठमाडौँ । आर्थिक वर्ष २०१८/१९ देखि आर्थिक वर्ष २०५९/६० का बेरुजु ४० वर्षमा ३६ लाख ४ हजार ४३७ रुपैयाँ मात्रै फछ्र्यौट भएको कुमारी चाक तथा केन्द्रीय तहसिल कार्यालयले जानकारी दिएको छ । सोमवार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयले यस्तो जानकारी दिएको हो ।
समिति बैठकमा बोल्दै कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय प्रमुख नमूना कार्की दाहालले आर्थिक वर्ष २०१८/१९ देखि आर्थिक वर्ष २०५९/६० सम्मको सरकारी बेरुजुको ३६ लाख ४४३७ रुपैयाँ मात्रै लगत कट्टा गर्न सफल भएको बताइन् । प्रमुुख कार्कीले लागत कट्टा रकम हेर्दा कार्यालयको कार्यक्षमता कमजोर देखिएको स्वीकार गरिन् ।
उनले आर्थिक वर्षगत रुपमा बेरुजु लगत कट्टा हेर्दा महालेखापरीक्षकको कार्यालयबाट प्राप्त १६८५ थान प्रतिवेदनका ठेलीहरुलाई कम्प्युटरमा ल्याएपछि १८ अर्ब १६ करोड १३ लाख ३२ हजार ७०७ रहेको बताइन् । उनले कार्यालयले सरकारी कार्यालयहरुको श्रणपरीक्षण गर्ने,लगत कट्टा गर्ने काम गर्दा अहिलेसम्म १ अर्ब ८८ करोड ७० लाख ६ हजार मात्रै बेरुजु फछ्र्यौट गर्न सफल भएको बताइन् ।
कार्कीले अझै आर्थिक वर्ष २०१८/१९ देखि आर्थिक वर्ष २०५९/६० सालसम्मको सरकारी कार्यालय वा मन्त्रालयगत बेरजु १५ अर्ब ९ करोड ६ लाख ४२ हजार ५०३ रहेको बताइन् । राष्ट्रिय योजना आयोगको सचिवालयसहित २८ मन्त्रालयहरुको फछ्र्योट हुन बाँकि बेरुजु चालु विगत ४० वर्षमा १५ अर्ब ९ करोड पुगेको कुमारी चाक तथा केन्द्रिय तहसिल कार्यालयले दिएको जानकारी दिइन् ।
उनले कार्यालयमा बेरुजु फछ्र्यौट नगर्ने व्यक्तिलाई थुनामा राख्नसक्ने अधिकार भएपनि उपसचिवको नेतृत्व लगायत कर्मचारीको अभावको कारण सोचे जस्तो काम गर्न नसकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण
-
सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
-
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल
-
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
-
विधान महाधिवेशन नै नभई नेतृत्वबारे अनावश्यक अनुमान नगर्न पौडेलको निर्देशन
-
अस्थिर राजनीतिले नेपालमा पनि बंगलादेशको जस्तै जनआक्रोश निम्त्याउन सक्छ ?