राहुल गान्धीले रायबरेली वा वायनाड कुन क्षेत्र छाड्लान् ?
नयाँ दिल्ली । लोकसभा चुनावमा आफ्ना दुवै सिटबाट विजयी भएका कांग्रेस नेता राहुल गान्धी दुबिधामा परेका छन् । गान्धीले केरलाको वायनाड वा उत्तर प्रदेशको रायबरेली मध्ये एक ठाउँ छोड्नुपर्नेछ । संसद्मा कुन सिटलाई प्रतिनिधित्व गर्ने भन्ने आफू दुबिधामा रहेको बुधवार वायनाडको भ्रमणको क्रममा गान्धीले भनेका थिए ।
‘म बाहेक हरेकलाई यसको जवाफ थाहा छ । राजनीतिमा हरेकलाई सबै कुरा थाहा हुन्छ, मात्रै राजनीति गर्नेलाई थाहा हुन्न’ उनले भनेका छन् ।
आफूले जे निर्णय लिए पनि वायनाड र रायबरेली दुबैका जनतालाई खुसी बनाउने गरी लिने पनि उनले बताए । मङ्गलवार रायबरेलीका मतदाताहरूको लागि आयोजित धन्यवाद र्यालीमा राहुल गान्धीले आफ्नो दुबिधाको उल्लेख गरेका थिएनन् ।
तर वायनाडमा भने उनले यसबारे चर्चा गरे । राहुलको भाषणमा उनले वायनाड सिट छोड्ने सङ्केत पाइएको छ । ‘तपाईँहरूले मलाई परिवारको सदस्यले जस्तै माया गर्नुभयो । मसँग भावनाहरू व्यक्त गर्न पर्याप्त शब्द नै छैनन् । म तपाईँहरूले दिएको माया जीवनभर सम्झिरहनेछु’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण