टेस्लाका लगानीकर्ताले दिए मस्कको ५६ अर्ब डलरको तलब प्याकेजलाई मन्जुरी
वाशिङटन डीसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका शेयर धनीहरूले कम्पनीका सीईओ एलन मस्कको अर्बौ डलर बराबरको तलब प्याकेजलाई मन्जुरी दिएका छन् । साथै कम्पनीको मुख्यालयलाई टेक्सासमा सार्ने योजना पनि पारित गरिएको छ ।
यो वर्षको सुरुमा डेलावेयरका एक न्यायाधीशले सेयर धनीका लागि अनुचित भन्दै कम्पनीको प्रदर्शनका आधारमा मस्कलाई ५६ अर्ब डलरसम्मको तलब सुविधा दिने प्याकेजमा रोक लगाएको थियो । मस्कले भने तलब सुविधाको बचाउ गर्दै आएका थिए । टेस्लाको शेयर मूल्यले निश्चित अवधिभित्र तोकिएको स्तर पार गर्दै गएमा मस्कले ५६ अर्ब डलरसम्म तलब सुविधा थाप्नेछन् ।
मस्कलाई दिइने यो तलब गएको वर्ष अमेरिकामा सबैभन्दा धेरै तलब थापेको हाकिमको तुलनामा ३०० गुणा बढी हुने बताइएको छ । तर यो मत बाध्यकारी भने नभएको बताइएको छ । अदालतले प्याकेजबारे भएको पुनः मतदानलाई स्वीकार गरेर कम्पनीलाई तलब प्याकेज ‘रिस्टोर’ गर्छ कि गर्दैन् भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण