बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

फिफाद्वारा म्याच फिक्सिङ काण्डमा मुछिएका युगान्डाका सात जनामाथि प्रतिबन्ध थप

शुक्रबार, ३२ जेठ २०८१, २३ : १६
शुक्रबार, ३२ जेठ २०८१

कम्पाला । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सन् २०२३/२०२४ सिजनमा भएका विभिन्न म्याच फिक्सिङ काण्डमा संलग्न युगान्डाका सात व्यक्ति माथिको प्रतिबन्ध थप गरेको छ ।

युगान्डा फुटबल सङ्घ (फुफा) को सञ्चार प्रमुख अहमद हुसेनले युगान्डामा पहिले नै प्रतिबन्धित पाँच खेलाडी र दुई रेफ्रीलाई फिफाले प्रतिबन्ध लम्ब्याएको पुष्टि गरे ।

फिफाले युगान्डाका खेलाडी र रेफ्रीहरूमाथि विश्वव्यापी प्रतिबन्ध विस्तार गरेको छ, यसलाई फुफाले सन् २०२३ मा म्याच हेरफेरमा संलग्न भएका कारण निलम्बन गरेको थियो”, फुफाले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ । 

फिफाबाट प्रतिबन्धको विवरण प्राप्त गर्ने फुफाका अनुसार दुई रेफ्री जर्ज एनकुरुन्जिजा र डिओग्रासियस ओपियोलाई प्रतिव्यक्ति १० वर्षको प्रतिबन्ध लगाइएको छ । पाँच वर्षको प्रतिबन्धमा परेका पाँच खेलाडीहरू सालेह मागान्डा (पहिले कलभरी एफसीसँग), फ्रान्को ओरिङ्गा (पहिले नर्दन गेटवे एफसीसँग),गोडफ्रे लुवेसिबावा, याहाया महद काकुजा र एन्ड्रयू वाइस्वा (सबै पहिले गडाफी एफसीसँग) रहेका छन् ।

फुफाले मोसेस हसिम मागोगोको नेतृत्वमा हालै म्याच फिक्सिङ काण्डमा संलग्न अधिकारीहरू र खेलाडीहरूलाई सम्हाल्न स्वतन्त्र निकाय स्थापना गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप