फिफाद्वारा म्याच फिक्सिङ काण्डमा मुछिएका युगान्डाका सात जनामाथि प्रतिबन्ध थप
कम्पाला । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सन् २०२३/२०२४ सिजनमा भएका विभिन्न म्याच फिक्सिङ काण्डमा संलग्न युगान्डाका सात व्यक्ति माथिको प्रतिबन्ध थप गरेको छ ।
युगान्डा फुटबल सङ्घ (फुफा) को सञ्चार प्रमुख अहमद हुसेनले युगान्डामा पहिले नै प्रतिबन्धित पाँच खेलाडी र दुई रेफ्रीलाई फिफाले प्रतिबन्ध लम्ब्याएको पुष्टि गरे ।
फिफाले युगान्डाका खेलाडी र रेफ्रीहरूमाथि विश्वव्यापी प्रतिबन्ध विस्तार गरेको छ, यसलाई फुफाले सन् २०२३ मा म्याच हेरफेरमा संलग्न भएका कारण निलम्बन गरेको थियो”, फुफाले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।
फिफाबाट प्रतिबन्धको विवरण प्राप्त गर्ने फुफाका अनुसार दुई रेफ्री जर्ज एनकुरुन्जिजा र डिओग्रासियस ओपियोलाई प्रतिव्यक्ति १० वर्षको प्रतिबन्ध लगाइएको छ । पाँच वर्षको प्रतिबन्धमा परेका पाँच खेलाडीहरू सालेह मागान्डा (पहिले कलभरी एफसीसँग), फ्रान्को ओरिङ्गा (पहिले नर्दन गेटवे एफसीसँग),गोडफ्रे लुवेसिबावा, याहाया महद काकुजा र एन्ड्रयू वाइस्वा (सबै पहिले गडाफी एफसीसँग) रहेका छन् ।
फुफाले मोसेस हसिम मागोगोको नेतृत्वमा हालै म्याच फिक्सिङ काण्डमा संलग्न अधिकारीहरू र खेलाडीहरूलाई सम्हाल्न स्वतन्त्र निकाय स्थापना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण