जेनरल चोइको सालिक अनावरण
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तेक्वान्दोका संस्थापक जनरल चोइ होङ हीको पूर्णकदको सालिक एक कार्यक्रमबिच अनावरण गरेका छन् । राष्ट्रिय तेक्वान्दो आईटीएफ एकेडेमीले रामेछापको खाँडादेवी गाउँपालिकास्थित गाल्पामा निर्माण गरेको सालिक सदस्य–सचिव घिसिङले अनावरण गरेका हुन् ।
एकेडेमीले आफ्नै हातामा करिब २५ लाख लागतमा सालिक निर्माण गरेको एकेडेमीका अध्यक्ष रुपसिंह तामाङले जनाएका छन् । चोइको पूर्णकदको सालिक नेपाल बाहेक अन्य कुनै पनि राष्ट्रमा निर्माण नगरिएको अध्यक्ष तामाङले जनाएका छन् ।
‘विश्वको कुनै पनि राष्ट्रमा जनरल चोइको पूर्णकदको सालिक निर्माण गरिएको रहेन छ । नेपालमा पनि यो मात्र एक हो । अन्य राष्ट्रमा अर्धकदको सालिक भने बनाइएको रहेछ । यसको जानकारी आजै हामीले कोरियाको मुख्यालयबाट पनि पायौँ,’– अध्यक्ष तामाङले भने ।
त्यस अवसरमा चोइको पूर्णकदको सालिकको तस्बिर पर्वतारोही प्रकाशराज पाण्डेलाई सातै महादेशका अग्ला हिमशिखरमा पुर्याउने गरी हस्तान्तरण गरिएको थियो । सो अवसरमा सदस्य–सचिव घिसिङ, राखेपका सदस्य अञ्जन धमलालगायतले एकेडेमीमै आयोजित आईटीएफ तेक्वान्दो प्रतियोगिताका विजेता खेलाडीलाई पनि पुरस्कृत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण