बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जेनरल चोइको सालिक अनावरण

आइतबार, ०२ असार २०८१, १० : ०१
आइतबार, ०२ असार २०८१

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तेक्वान्दोका संस्थापक जनरल चोइ होङ हीको पूर्णकदको सालिक एक कार्यक्रमबिच अनावरण गरेका छन् । राष्ट्रिय तेक्वान्दो आईटीएफ एकेडेमीले रामेछापको खाँडादेवी गाउँपालिकास्थित गाल्पामा निर्माण गरेको सालिक सदस्य–सचिव घिसिङले अनावरण गरेका हुन् । 

एकेडेमीले आफ्नै हातामा करिब २५ लाख लागतमा सालिक निर्माण गरेको एकेडेमीका अध्यक्ष रुपसिंह तामाङले जनाएका छन् । चोइको पूर्णकदको सालिक नेपाल बाहेक अन्य कुनै पनि राष्ट्रमा निर्माण नगरिएको अध्यक्ष तामाङले जनाएका छन् ।

‘विश्वको कुनै पनि राष्ट्रमा जनरल चोइको पूर्णकदको सालिक निर्माण गरिएको रहेन छ । नेपालमा पनि यो मात्र एक हो । अन्य राष्ट्रमा अर्धकदको सालिक भने बनाइएको रहेछ । यसको जानकारी आजै हामीले कोरियाको मुख्यालयबाट पनि पायौँ,’– अध्यक्ष तामाङले भने ।

त्यस अवसरमा चोइको पूर्णकदको सालिकको तस्बिर पर्वतारोही प्रकाशराज पाण्डेलाई सातै महादेशका अग्ला हिमशिखरमा पुर्‍याउने गरी हस्तान्तरण गरिएको थियो । सो अवसरमा सदस्य–सचिव घिसिङ, राखेपका सदस्य अञ्जन धमलालगायतले एकेडेमीमै आयोजित आईटीएफ तेक्वान्दो प्रतियोगिताका विजेता खेलाडीलाई पनि पुरस्कृत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप