पुनरागमन गर्दै नेदरल्यान्ड्सको जित
आइतबार, ०२ असार २०८१, २० : ४८

काठमाडौँ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै नेदरल्यान्ड्सले युरो २०२४ मा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २–१ गोलले हराएको हो ।
खेलमा अग्रता भने पोल्यान्डले लिएको थियो । एडम बुक्साले १६ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, २९ औँ मिनेटमा कोडी गाक्पोले नेदरल्यान्ड्सका लागि बराबरी गोल फर्काए ।
खेल बराबरी तर्फ अघि बढिरहँदा खेलको ८३ औँ मिनेटमा वोउट वेगहोर्स्टले गोल गर्दै डच टोलीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाए । समूह डीमा दुई टोलीसहित फ्रान्स र अस्ट्रिया रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह