बिहारमा रोजगारी र शिक्षामा ६५ प्रतिशत आरक्षणमा रोक
पटना । बिहारका मुख्यमन्त्री नितिश कुमारलाई पटना उच्च अदालतबाट झट्का लागेको छ । पटना उच्च अदालतले बिहार सरकारले सन् २०२३ मा पारित गरेको आरक्षण कोटा बढाउने संशोधनमा रोक लगाएको छ ।
त्यहाँको सरकारले गएको वर्ष अत्यन्त पिछडिएका वर्ग, अनुसूचित जाति र अनुसूचित जनजाति (एससी/एसटी)का लागि आरक्षण बढाएर ६५ प्रतिशत पुर्याएको थियो ।
कयौँ मानिसहरूले बिहार सरकारको यो निर्णयलाई पटना उच्च अदालतमा चुनौती दिँदै याचिका दायर गरेका थिए । याचिका दायर गर्नेहरूले उच्च अदालतमा यो तर्क दिएका थिए कि सर्वोच्च अदालतले निर्धारण गरेको ५० प्रतिशतको सीमा भन्दा धेरै आरक्षण बढाउनु संविधानको मूल ढाँचाको उल्लङ्घन हो । उच्च अदालत यो मामिलामा सुनवाइ गर्दै ११ मेमा निर्णय सुरक्षित गरेको थियो ।
बिहीबार प्रमुख न्यायाधीश विनोद चन्द्रन र न्यायाधीश हरिस कुमारको संयुक्त इजलासले बढाइएको आरक्षण कोटा रद्द गरिदिएका छन् । कोटा बढाउनु असंवैधानिक भएको र यस्तो गर्नु समानताको अधिकारको उल्लङ्घन भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण