यो हो विश्वको सबैभन्दा अग्लो साइकल
पेरिस । फ्रान्सका दुई जना साइकलप्रेमीले गिनिज बुकमा नाम लेखाएका छन् । निकोलास बारियोज र डेभिड पेरोउले ७ दशमलव ७७ मिटर (२५ फिट ५ इन्च) अग्लो चलाउन मिल्ने साइकल बनाएका छन् ।
५ वर्ष अघि पबमा रक्सी खाइरहेका समयमा दुईले सो साइकल बनाउने विचार गरेका थिए । सो साइकल बनाउन दुवैले महिनौँ खर्च गरे । धातुको अलोई, स्टिल, काठले चलाउन मिल्ने सो अनौठो साइकल बनाउन उनीहरू सयौँ घण्टा खर्च गरेका थिए ।
तर २५ फिट अग्लो को चढ्न मिल्ने साइकल बनाउनु साइकल चढ्नु जस्तो सजिलो त पक्कै थिएन । पेडललाई १६ मिटर (५३ फिट) लामो चेनसँग जोडिएको छ । साइकल अति नै अग्लो भएकोले यसलाई लड्न नदिन प्रतिघण्टा १५ देखि २० किमीको गतिमा दौडाउनु पर्छ ।
डेभिड र निकोलासले यो बाइक बनाउन २ वर्ष लगाएका थिए । यसलाई क्लेर्मन्ट–फेर्रान्ड सहरमा साइकल पर्वमा प्रदर्शनमा राखियो । साइकल चलाउन सकिन्छ भन्ने प्रमाणित गर्न डेभिडले निकोलसको सहयोग बिना सय मिटरको दुरीसम्म साइकल गुडाएर देखाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण