बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

गोरखामा राष्ट्रिय परिचयपत्रका लागि पालिकागत बार निर्धारण

मङ्गलबार, ११ असार २०८१, १४ : २०
मङ्गलबार, ११ असार २०८१

पोखरा । गोरखामा राष्ट्रिय परिचयपत्र वितरणका लागि पालिकागत रुपमा समय निर्धारण गरिएको छ ।

 जिल्ला प्रशासन कार्यालय गोरखाले बार अनुसार पालिकाका नागरिकलाई परिचयपत्र बनाउन आह्वान गरेको हो ।

राष्ट्रिय परिचय पत्र दर्ता र वितरण गर्दा सेवाग्राहीको चाप अत्यधिक भएपछि बार अनुसार पालिका छुट्याइएको हो । अब आइतबार र सोमबार गोरखा नगरपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र चुमनुब्री गाउँपालिकाका नागरिकलाई मात्रै राष्ट्रिय परिचय पत्र दर्ता र वितरण गरिने छ ।

मगंलबार र बुधबार पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, गण्डकी गाउँपालिका र धार्चे गाउँपालिकका नागरिकलाई सेवा दिइनेछ भने बिहीबार र शुक्रबार भिमसेन थापा, शहिद लखन र अजिरकोट गाउँपालिकाका नागरिकलाई सेवा दिने प्रशासकिय अधिकृत रविन्द्र घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप