क्यानाडामा सन् २०७३ सम्ममा ८ करोड ७० लाख बासिन्दा हुने अनुमान
ओटावा । सन् २०२३ मा चार करोड एक लाख जनसङ्ख्या पुग्ने अनुमान गरिएको क्यानाडाको जनसङ्ख्या आगामी दशकहरूमा बढ्दै चार करोड ७१ लाखबाट सन् २०७३ मा आठ करोड ७२ लाखको बीचमा पुग्ने तथ्याङ्क क्यानडाले सोमबार बताएको छ ।
मध्यम–वृद्धि परिदृश्यअनुसार क्यानाडाको जनसङ्ख्या सन् २०७३ मा छ करोड २८ लाख पुग्ने राष्ट्रिय तथ्याङ्क निकायले उल्लेख गरेको छ ।
विगत ३० वर्षको औसत एक दशमलव १२ प्रतिशतबाट वार्षिक जनसङ्ख्या वृद्धि दर क्रमशः घटेर सन् २०७२/२०७३ सम्ममा शून्य दशमलव ७९ प्रतिशत पुग्नेछ ।
तुलनात्मकरूपमा यो दर उच्च–वृद्धिको परिदृश्यअनुसार एक दशमलव ५९ प्रतिशत र न्यून–वृद्धि परिदृश्यअनुसार शून्य दशमलव ०७ प्रतिशतमा घट्ने एजेन्सीले जनाएको छ ।
आप्रवासी वृद्धि क्यानाडामा जनसङ्ख्या वृद्धिको प्रमुख चालक हुनेछ ।
जनसङ्ख्या वृद्धि र कम प्रजनन क्षमताका कारण मृत्युको सङ्ख्यामा हुने अनुमानित वृद्धिलाई ध्यानमा राखी प्राकृतिक वृद्धिले सामान्य भूमिका मात्र खेल्ने तथ्याङ्क क्यानाडाले जनाएको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण