बिग्रियो अरविन्द केजरीवालको स्वास्थ्य
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बुधबार बिहान सीबीआईले पुनः पक्राउ गरेको थियो । सीबीआईले समातेपछि उनको स्वास्थ्य बिग्रिएको थियो । सीबीआईले उनलाई ट्रायल कोर्टमा पेश गरेको थियो ।
अदालतमा सुनुवाइका क्रममा उनको रगतमा चिनीको मात्रा घट्यो । त्यसपछि सुनुवाइ नै रोकेर उनलाई छुट्टै कोठामा लगिएको थियो । जुन २५ मा राति ९ बजे तिहाड जेलमा गएर सीबीआईले रक्सी घोटाला नीतिमा भएको भ्रष्टाचारबारे केजरीवालसँग सोधपुछ गरेको थियो ।
यसअघि ईडीले उनलाई रक्सी नीतिमा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मार्च २१ मा पक्राउ गरेको थियो । उनी पछिल्लो ८७ दिनदेखि तिहाड जेलमा बन्द छन् । चुनावको समयमा मे १० देखि जुन २ सम्म २१ दिनका लागि उनी प्यारोलमा थिए ।
नयाँ मुद्दामा पक्राउ परेपछि केजरीवालले सर्वोच्च अदालतमा दायर जमानत याचिका फिर्ता लिएका थिए । तल्लो अदालतले उनलाई मनी लान्ड्रिङ मुद्दामा जुन २० मा जमानत दिएको थियो ।
यस निर्णयका विरुद्ध ईडी उच्च अदालत गयो । जुन २५ मा उच्च अदालतले तल्लो अदालतको फैसलालाई उल्ट्यायो । यसविरुद्ध केजरीवालले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
दिल्लीमा रक्सी नीति मामिलामा अनियमितता भएको भन्दै सीबीआई र ईडीले सन् २०२२ को अगस्टमा मुद्दा दर्ता गरेका थिए । ईडीले मदिरा नीति मामिलामा केजरीवाललाई मार्च २१ मा उनको घरबाट पक्राउ गरेको थियो । उनलाई १ अप्रिलमा तिहाड जेल पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण