भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीद्वारा बरामद
बुधबार, १२ असार २०८१, १६ : ३६
काठमाडौँ । सिराहाको सिराहा नगरपालिका–१५ बुधौरास्थित सीमा इलाकाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
असार ११ गते राति १२ वटा साइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा सो मदिरा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मार्डरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको फौजले बरामद गरेको हो ।
बरामद मदिरामा विभिन्न ब्रान्डको ह्विस्की र बियरसहित साना ठुला गरी १ हजार ४२ वटा बोतल र सोफी ब्रान्डको ६० कार्टुन रहेको छ ।
मदिरा नियन्त्रणमा लिने क्रममा तस्कर समूह र सशस्त्र प्रहरी बिच खोसाखोस हुँदा करिब १ सय बोतल मदिरा फुटेर नष्ट भएको छ ।
बरामद मदिरा तथा साइकल आवश्यक कारबाहीको लागि जम्मा ३ लाख ३५ हजार रुपैयाँ कायम गरी सम्बन्धित निकायमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण