भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीद्वारा बरामद
बुधबार, १२ असार २०८१, १६ : ३६

काठमाडौँ । सिराहाको सिराहा नगरपालिका–१५ बुधौरास्थित सीमा इलाकाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
असार ११ गते राति १२ वटा साइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा सो मदिरा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मार्डरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको फौजले बरामद गरेको हो ।
बरामद मदिरामा विभिन्न ब्रान्डको ह्विस्की र बियरसहित साना ठुला गरी १ हजार ४२ वटा बोतल र सोफी ब्रान्डको ६० कार्टुन रहेको छ ।
मदिरा नियन्त्रणमा लिने क्रममा तस्कर समूह र सशस्त्र प्रहरी बिच खोसाखोस हुँदा करिब १ सय बोतल मदिरा फुटेर नष्ट भएको छ ।
बरामद मदिरा तथा साइकल आवश्यक कारबाहीको लागि जम्मा ३ लाख ३५ हजार रुपैयाँ कायम गरी सम्बन्धित निकायमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता