युरो २०२४ : यस्तो छ अन्तिम १६ को समीकरण
काठमाडौँ । जर्मनीमा जारी युरो २०२४ को समूह चरणका खेलहरू पूरा भएका छन् । समूह चरणपछि २४ मध्ये १६ वटा टोली नकआउट चरणमा पुगेका छन् ।

समूह ए बाट जर्मनी र स्विट्जरल्यान्ड अर्को चरणमा पुगेका छन् । जर्मनी समूह विजेता बन्यो भने स्विटजरल्यान्ड दोस्रो बन्यो । यो समूहबाट हंगेरी र स्कटल्यान्ड प्रतियोगिताबाट बाहिरियो ।
समूह बी बाट पनि दुई टोली अन्तिम १६ मा पुगेका छन् । यो समूहबाट स्पेन अपराजित रहँदै विजेता बन्दा इटाली उपविजेता बन्यो । समूहबाट क्रोएसिया र अल्बानिया अर्को चरणमा पुग्न असफल भए ।

समूह सी बाट तीनवटा टोली अर्को चरणमा प्रवेश गरेका छन् । यो समूहमा इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेका हुन् । स्लोभेनिया पनि उत्कृष्ट तेस्रो स्थानको टोली बन्दै नकआउटमा प्रवेश गरेको छ । यो समूहबाट सर्बिया मात्र समूह चरणबाटै बाहिरिएको छ ।
समूह डीबाट पनि तीनवटा टोली अन्तिम चरणमा प्रवेश गरेका छन् । अप्रत्याशित रूपमा फ्रान्स र नेदरल्यान्ड्सजस्ता टोलीलाई पछि पार्दै अस्ट्रिया समूह विजेता बन्न सफल भयो । फ्रान्स उपविजेता बन्दै र नेदरल्यान्ड्स उत्कृष्ट तेस्रो टोली बन्दै अर्को चरणमा प्रवेश गरेको छ । पोल्यान्ड भने समूह चरणमा सीमित बन्यो ।

सबैभन्दा रोचक समीकरण रहेको समूह ई मा चारवटै टोलीले ४–४ अङ्क बटुले । तर, गोल अन्तरको आधारमा युक्रेन अभागी बन्दै प्रतियोगिताबाट बाहिरियो । यो समूहबाट रोमानिया विजेता, बेल्जियम उपविजेता र स्लोभाकिया उत्कृष्ट टोली बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह एफमा पोर्चुगल समूह विजेता बन्यो । टर्की र पोर्चुगलको समान अङ्क भए पनि गोल अन्तरको आधारमा टर्की पछि पर्यो । यता अन्तिम खेलमा पोर्चुगललाई स्तब्ध बनाउँदै नवप्रवेशी टोली जर्जिया पनि प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ । चेक रिपब्लिक भने समूह चरणबाट बाहिरिन पुग्यो ।
- अन्तिम १६ मा को–को आमनेसामने ?
पहिलो नकआउट चरणमा १६ वटा टोली एक आपसमा भिड्ने छन् । यसबाट ८ वटा विजेता टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । यस्तो छ खेल तालिका
- स्पेनविरुद्ध जर्जिया
- जर्मनीविरुद्ध डेनमार्क
- पोर्चुगलविरुद्ध स्लोभेनिया
- फ्रान्सविरुद्ध बेल्जियम
- रोमानियाविरुद्ध नेदरल्यान्ड्स
- अस्ट्रियाविरुद्ध टर्की
- इंग्ल्यान्डविरुद्ध स्लोभाकिया
- स्विट्जरल्यान्डविरुद्ध इटाली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण