बोलिभियामा सैन्य ‘कू’ को प्रयास असफल, सेनाका जनरल पक्राउ
ला पाज । बोलिभियामा सैन्य ‘कू’ को प्रयास असफल भएपछि त्यहाँको प्रहरीले सेना जनरललाई पक्राउ गरेको छ । राजधानी ला पाजस्थित राष्ट्रपति निर्वासमा सेनाले बुधवार कू गर्ने प्रयास गरेको थियो ।
तर सो प्रयास स्पष्ट रूपमै विफल भयो । यसको घन्टौपछि सेनाका जनरल कमान्डर जुआन जोस जुनिगा पक्राउ परे । देशको लोकतन्त्रमाथि भएको हमलाको आफू विरुद्ध भएको राष्ट्रपति लुइस आर्सेले बताएका छन् ।
आर्सेले जुनिगालाई ‘म तपाईंको कप्तान हुँ, र म तपाईंलाई आफ्नो सेना फिर्ता बोलाउने आदेश दिन्छु । म यो अवज्ञालाई अनुमति दिँदै दिन्न’ भनेका थिए । आर्सेको पुनरागमनलाई बोलिभियामा लोकतन्त्रको जित भनिएको छ ।
सैन्य कू को प्रयासप्रति बोलिभियामा व्यापक आक्रोश देखिएको छ । जनताहरू सडकमा सैन्य कू को प्रयासविरुद्ध उत्रिएका थिए । जनसमर्थनका लागि आर्सेले जनतालाई धन्यवाद दिएका छन् । २०२० मा पदभार ग्रहण गरेयता नै आर्सेले संकटग्रस्त सरकारको नेतृत्व गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण