कस्तो छ मुकेश अम्बानीका छोरा अनन्तको बिहेको कार्ड ?
नयाँ दिल्ली । भारतीय व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको बिहेको कार्ड सार्वजनिक भएको छ । बिहेको कार्ड रातो रंग रङको दराज आकारमा छ ।
दराजको ढोका खोलेपछि भित्र चाँदीको मन्दिर देखिन्छ । मन्दिरमा गणेश, राधा–कृष्ण र देवी दुर्गाका मूर्ति छन् । मन्दिरको माथिल्लो भागमा स–साना घण्टीहरू पनि झुन्ड्याएका छन् ।
मन्दिर सक्कली चाँदीले बनेको छ । मन्दिरमा सुनको पनि प्रयोग गरिएको छ । नारायण भगवानको साथमा चाँदीको पत्र छ ।
कार्डमा कार्यक्रमका विस्तृत विवरण दिइएको छ । पहिलो पृष्ठमा भगवान् नारायणले राधिका र अनन्तलाई आशीर्वाद दिइरहेको तस्बिर छ । अर्को पृष्ठ रातो रङको छ ।
यसमा दुलहा र दुलहीको बारेमा लेखिएको छ । बाकसको तल्लो हिस्सामा सेतो कपडामा बेरेर बिहेका उपहार छन् । उपहारमा चाँदीको बट्टा, नेटको चटाई र पछ्यौरी छन् ।
कार्ड चढाउन वाराणसी पुगेकी थिइन् बेहुलाकी आमा
निता अम्बानी कान्छो छोराको बिहेको कार्ड चढाउन सोमबार वाराणसी पुगेकी थिइन् । छोरा अनन्तले आमा आफैँ गएर बाबा विश्वनाथको चरणमा कार्ड चढाउने इच्छा गरेकोले आफू वाराणसी आएको उनले त्यहाँ बताएकी थिइन् ।
मन्दिरमा निताले मुकेश अम्बानीको तर्फबाट एउटा कार्ड र राधिका मर्चेन्टको परिवारको तर्फबाट अर्को कार्ड मन्दिरमा चढाएकी थिइन् । दुवै कार्डलाई काशी विश्वनाथ ट्रस्टमा राखिएको छ ।
जुलाई १२ मा हुँदैछ बिहे
यसअघि नै राधिका–अनन्तको बिहेको तयारीमा दुई वटा भव्य प्रि–वेडिङ समारोह भइसकेका छन् । अहिले पनि ती समारोहको चर्चा घटेको छैन ।
हालै इटलीको एक शानदार क्रुजमा जोडीले परिवार र साथीभाईसँग दोस्रो प्रि–वेडिङको उत्सव मनाएका थिए । राधिका–अनन्तको बिहे १२ जुलाईमा हुँदैछ । १३ जुलाईमा आशीर्वाद समारोह र १४ जुलाईमा रिसेप्सन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण