टोपबहादुर जेल गएपछि माओवादीमा फर्किएका चन्द्रबहादुर केन्द्रीय सदस्यमा बढुवा
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले वैकल्पिक केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का (अर्घाखाँची) लाई पूर्ण केन्द्रीय सदस्यमा पदोन्नति गरेको छ । बुधवार बसेको केन्द्रीय कार्यालय बैठकको निर्णयअनुसार खड्कालाई केन्द्रीय सदस्यमा बढुवा गरेको गरिएको हो ।
यसअघि माघ २६ र २७ गते बसेको माओवादीको स्थायी समिति बैठकले खड्कालाई वैकल्पिक केन्द्रीय सदस्य बनाएको थियो ।
तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा विघटन भएपछि रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहसँगै उनी एमालेमा बसेका थिए । पार्टीमा फर्किन गरेको आग्रह नमानेपछि माओवादीले २०७८ वैशाख १० गते खड्कालाई कारबाही गरेका थियो ।
कारबाहीसँगै उनले राष्ट्रिय सभा सदस्य पद समेत गुमाएका थिए । उनी रायमाझी निकट नेता हुन् ।
भुटानी शरणार्थी काण्डमा रायमाझी जेल परेपछि खड्का गत १ गते माघमा माओवादी फर्किएका थिए । माओवादीमा रहँदा खड्का अर्घाखाँचीका इन्चार्ज समेत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण