रिद्धि सिद्धि सिमेन्टद्वारा फेरि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१’ छात्रवृत्ति कार्यक्रम घोषणा

काठमाडौँ । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१’ को छात्रवृत्ति कार्यक्रम पुनः संचालनमा ल्याएको छ ।
यस छात्रवृत्ति अन्तर्गत २०८० मा परीक्षा दिएको र २०८१ सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाको विद्यार्थी सहभागी हुन सक्नेछन् । जसअनुसार एसईईमा ३.५ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा छात्रवृत्ति कार्यक्रममा सहभागिताको लागि योग्य मानिने कम्पनीले जनाएको छ ।
गत सालमा आयोजना गरिएको छात्रवृति कार्यक्रममा कुल ११ विद्यार्थी लाभान्वित भएका थिए। पछिलो वर्षको छात्रवृति कार्यक्रमको भब्य र सभ्य सफलता पश्चात कम्पनीद्वारा यस २०८१ सालमा थप ४ विद्यार्थीको संख्यामा वृद्धि गरि कुल १५ जना स्मार्ट विद्यार्थीलाई मकवानपुरकै उत्कृष्ट छात्रवृति प्रदान गरिने जनाइएको छ ।
छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००, दोश्रो हुनेलाई रु. ३५००, तेश्रो हुनेलाई रु. २५०० साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु.१५०० कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ । यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट (www.riddhisiddhicements.com) वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा उल्लेखित गरिएको क्युआर स्क्यान गरी फारम गर्न सकिनेछ । आवेदकको फारम बुझाउने अन्तिम मितिः २३ असारसम्म तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनीमा ८० लाख बढीको क्षति, आरोपीबाट साढे दुई लाखको लिपिस्टिकलगायत सामान बरामद
-
दुर्गा प्रसाईंविरूद्ध कुनकुन कसूर र सजायको मागदावी लिइयो ?
-
ग्लोबल आइएमई बैङ्कद्वारा यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक
-
रवीन्द्र मिश्रको बयान : अश्रुग्याँसले पोलेको सुरमा अनियोजित र आवेगमा मन्तव्य दिएको हुँ
-
आफ्नै पोर्टलबाट सदस्यता खोल्न एनआरएनएले गर्यो राष्ट्रिय समन्वय परिषद्हरूलाई अनुरोध
-
युवा संघकाे अध्यक्षका लागि क्षितिज थेबेद्बारा मनोनयन दर्ता