एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष पद थप्ने, केन्द्रीय कमिटीको आकार पनि बढ्यो
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने भएको छ । बिहीबार पार्टी कार्यालय आलोक नगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो ।
योसँगै वरिष्ठसहित सात उपाध्यक्ष हुनेछन् । सचिव सातदेखि ९ जनासम्म हुने जनाइएको छ । त्यस्तै, बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाइने निर्णय पनि गरेको छ । यसअघि १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको थियो ।
एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौँमा हुँदैछ । सो पार्टीले केन्द्रीय पदाधिकारी २१ जना बनाउन प्रस्ताव गर्ने र वरिष्ठ उपाध्यक्ष र सम्मानित नेताको पद कायमै राख्ने भएको छ ।
उपाध्यक्षमा एक जना महिला उपाध्यक्ष सुरक्षित गर्ने निर्णय गरेको प्रचार विभाग जगन्नाथ खतिवडाले जानकारी दिए । साथै यसअघिको व्यवस्थाअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्ने निर्णयलाई खारेज गरेको छ । साथै बैठकले महाधिवेशनमा विशिष्ट नेताहरूलाई सम्मान गर्ने पनि सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण