महिला क्रिकेटमा भारतका स्मृति मंधाना र शफाली वर्माको विश्व कीर्तिमानी साझेदारी
काठमाडौँ । वेस्ट इन्डिजमा शनिबार राति भारत र दक्षिण अफ्रिकाबिच आईसीसी टी–२० विश्वकपको फाइनल खेल खेलिँदैछ । यता, भारतको चेन्नईमा हाल भारत र दक्षिणबिच महिला टेस्ट क्रिकेट चलिरहेको छ ।
शुक्रबारदेखि सुरु भएको महिला टेस्ट क्रिकेटको पहिलो दिन भारतीय ओपनरद्वय स्मृति मंधाना र शफाली वर्माले विश्व कीर्तिमान बनाएका छन् । भारतले टस जिती पहिले ब्याटिङको निर्णय लिएको थियो । त्यसपछि क्रिज समाल्न ओर्लिएका यी दुई ओपनरले दुई सय ९२ रनको साझेदारी गरे ।
यसअघि महिला टेस्ट क्रिकेटमा ओपनिङ विकेटका लागि दुई सय ५० रनभन्दा ठुलो साझेदारी कसैले गर्न सकेको छैन । भारतले ६० ओभरको खेल सकिँदासम्म केवल दुई विकेट गुमाएर तीन सय ३४ रन बनाइसकेको छ ।
भारतीय टोलीकी ओपनर शफाली वर्मा एक सय ६५ रन बनाउँदै क्रिजमा छिन् । उनले एक सय ७० बलको सामना गरी ६ छक्का र २० चौका प्रहार गरिसकेकी छन् । स्मृति मंधाना भने एक सय ४९ रन बनाउँदै आउट भएकी थिइन् ।
पेभेलियन फर्किनुअघि स्मृति मंधानाले एक सय ६१ बलको सामना गरी एक छक्का र २७ चौका प्रहार गरेकी थिइन् । दुवै ओपनरले लगातार ५२ ओभरसम्म साझेदारी गरेका थिए । शफाली वर्माले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो शतक पनि हो । टेस्ट क्रिकेटमा यसअघि शफालीको उच्च स्कोर ९६ रन रहेको थियो ।
कुनै पनि भारतीय जोडीले महिला क्रिकेटमा कुनै पनि विकेटका लागि गरेको यो सबैभन्दा ठुलो साझेदारी पनि हो । यसका अतिरिक्त यो साझेदारी कुनै पनि विकेटका लागि एसियाकै सबैभन्दा ठुलो साझेदारी पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण