ब्राजिलले घरमा गाँजा राख्न दिने
रियो द जेनरियो । ब्राजिलले लामो समयदेखि लागु औषध नियन्त्रणका लागि कडा कानुनको समर्थन गर्दै आएको थियो । तर अहिले ब्राजिल गाँजाको प्रयोगबारे लचिलो बनेको छ ।
ब्राजिलले घरमै सीमित मात्रामा गाँजा राख्न दिने र व्यक्तिगत प्रयोजनमा प्रयोगलाई ‘अपराधमुक्त’ घोषित गरेको छ । गाँजा सेवनलाई कानुनी मान्यता दिने ब्राजिल अहिलेसम्मकै सबैभन्दा ठुलो देश बनेको छ ।
लामो समयदेखिको छलफलपछि गाँजाको प्रयोगलाई कानुनी मान्यता दिने निर्णय गरिएको हो । ब्राजिलले बुधबार व्यक्तिगत प्रयोजनमा गाँजाको प्रयोगलाई कानुन बनाएको छ ।
ब्राजिलको सर्वोच्च अदालतले ब्राजिलियनहरूले ४० ग्रामसम्म गाँजा राख्न सक्ने निर्णय गरेको छ । यति गाँजा ८० ज्वान्टका लागि पर्याप्त हुन्छ । घरमा तोकिएको मात्रामा गाँजा राख्दा कुनै जरिवाना वा सजाय हुनेछैन ।
यो निर्णय केही दिनमा लागू हुनेछ । यसलाई अर्को १८ महिनासम्म लागू गरिनेछ । तर सार्वजनिक स्थलमा गाँजाको प्रयोग भने प्रतिबन्धित नै छ । यसो गरेको पाइएमा प्रहरीले समात्नेछ । विश्वभर २० भन्दा बढी देशहरूले गाँजाको प्रयोगलाई कानुनी मान्यता दिएका छन् । त्यस्ता अधिकांश क्षेत्र/देशहरू युरोप र अमेरिकामा छन् । क्यानडा, स्पेन, जर्मनी जस्ता देशहरूले शर्तसहित गाँजाको प्रयोगलाई वैधानिक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण