महासंघको निर्वाचन समितिले सार्वजनिक गर्यो अन्तिम नामावली
काठमाडौँ । विवादका बिच नेपाल पत्रकार महासंघको निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेको छ । शुक्रबार निर्वाचन समितिले मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
यसअघि नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए महासङ्घको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएको थियो ।
अध्यक्ष शिव लम्सालले विज्ञप्ति जारी गर्दै महासङ्घ नेतृत्वले युनियनसँग गरेको सदस्यता सम्बन्धी प्रतिबद्धता कार्यान्वयन नगरी एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अगाडि बढाए भाग नलिई चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका थिए ।
त्यसपछि महासंघका अध्यक्ष विपुल पोखरेल प्रेस युनियनको एक समूहबाट गलत कार्यहरू हुँदासमेत मौन बस्नु र सहज वातावरण बनाउन नलाग्नुले थप आशंका जन्माएको विभिन्न पाँच पत्रकार संगठनले विज्ञप्तिमार्फत जनाएका थिए ।
नेपाल पत्रकार महासंघको निर्वाचन असार २२ गते हुँदैछ । त्यसका लागि शनिबार मनोनयन दर्ताको कार्य हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण