मध्य असारसम्म कर्णालीमा आधा पनि भएन रोपाइँ
सुर्खेत । मध्य असारसम्म कर्णालीमा आधा पनि धान रोपाइँ हुन सकेको छैन । वर्षा हुन ढिलाइ भएपछि यो वर्ष धान रोपाइँ समयमा हुन नसकेको हो । अघिल्लो वर्षसम्म यति बेलासम्म आधाभन्दा बढी धान रोपाइँ भइसक्थ्यो । यद्यपि यो वर्ष ४७ प्रतिशतको हाराहारीमा मात्रै धान रोपाइँ भएको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीका अनुसार जुम्लामा ९० प्रतिशत धान रोपाइँ सकिएको छ भने सबैभन्दा कम सुर्खेतमा छ । सुर्खेतमा जम्मा ५ प्रतिशत धान रोपाइँ भएको छ । सुर्खेतमा धेरै ठाउँहरू आकाशे पानीमा निर्भर हुन्छन् । विशेष गरी खोला किनार र सिँचाइ सुविधा भएको ठाउँहरूमा धान रोपाइँ भइरहेको र आकाशे पानीमा भर पर्नुपर्नेमा बाँकी रहेको अधिकारीले रातोपाटीलाई बताए ।
जुम्लामा जेठ महिनादेखि नै धान रोपाइँ हुन्छ । जुम्लाका कतिपय ठाउँमा यतिबेला धान गोडमेल भइरहेको छ । जुम्लामा धाने जिउलाहरू हिमा र तिला नदी आसपासमा छन् । नदीको पानी प्रयोग हुने भएकाले अधिकांश ठाउँमा खेत रोपिसकेको छ ।
यस्तै दैलेखमा २७, जाजरकोटमा ३२, रुकुम पश्चिममा ३०, सल्यानमा ५२ प्रतिशत जमिनमा रोपाइँ भएको छ । यस्तै हिमाली जिल्लाहरू डोल्पा, हुम्ला र मुगुमा क्रमशः ८०, ८० र ७० प्रतिशत धान रोपाइँ भएको छ । यस्तै कालिकोटमा १५ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । प्रदेशभर करिब ४१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण