मध्य असारसम्म कर्णालीमा आधा पनि भएन रोपाइँ
_bDhPjlOilN.jpg)
सुर्खेत । मध्य असारसम्म कर्णालीमा आधा पनि धान रोपाइँ हुन सकेको छैन । वर्षा हुन ढिलाइ भएपछि यो वर्ष धान रोपाइँ समयमा हुन नसकेको हो । अघिल्लो वर्षसम्म यति बेलासम्म आधाभन्दा बढी धान रोपाइँ भइसक्थ्यो । यद्यपि यो वर्ष ४७ प्रतिशतको हाराहारीमा मात्रै धान रोपाइँ भएको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीका अनुसार जुम्लामा ९० प्रतिशत धान रोपाइँ सकिएको छ भने सबैभन्दा कम सुर्खेतमा छ । सुर्खेतमा जम्मा ५ प्रतिशत धान रोपाइँ भएको छ । सुर्खेतमा धेरै ठाउँहरू आकाशे पानीमा निर्भर हुन्छन् । विशेष गरी खोला किनार र सिँचाइ सुविधा भएको ठाउँहरूमा धान रोपाइँ भइरहेको र आकाशे पानीमा भर पर्नुपर्नेमा बाँकी रहेको अधिकारीले रातोपाटीलाई बताए ।
जुम्लामा जेठ महिनादेखि नै धान रोपाइँ हुन्छ । जुम्लाका कतिपय ठाउँमा यतिबेला धान गोडमेल भइरहेको छ । जुम्लामा धाने जिउलाहरू हिमा र तिला नदी आसपासमा छन् । नदीको पानी प्रयोग हुने भएकाले अधिकांश ठाउँमा खेत रोपिसकेको छ ।
यस्तै दैलेखमा २७, जाजरकोटमा ३२, रुकुम पश्चिममा ३०, सल्यानमा ५२ प्रतिशत जमिनमा रोपाइँ भएको छ । यस्तै हिमाली जिल्लाहरू डोल्पा, हुम्ला र मुगुमा क्रमशः ८०, ८० र ७० प्रतिशत धान रोपाइँ भएको छ । यस्तै कालिकोटमा १५ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । प्रदेशभर करिब ४१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर