टी–२० विश्वकपको फाइनल खेलमा पानी परे नियमले के भन्छ?
काठमाडौँ । शनिबार बार्बाडोसमा भारत र दक्षिण अफ्रिकाबिच हुने टी–२० विश्वकपको फाइनल खेलमा वर्षाको छाया परेको छ । मौसम पूर्वानुमान प्राधिकरणले पानी पर्ने भविष्यवाणी गरेका छन् । मौसमविद्ले केही समय वर्षा हुन सक्ने बताएका छन् ।
बिहान ४ बजेदेखि ९ बजेसम्म ५० प्रतिशत आर्द्रताको सम्भावना रहेको प्राधिकरणले जनाएको छ । तर बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म ३० प्रतिशतसम्म घट्न सक्छ । तर, फेरि बढ्ने सम्भावना छ । आर्द्रता बढ्दै जाँदा वर्षाको सम्भावना बढ्ने बताइएको छ।
- नियमले के भन्छ?
यदि वर्षा भयो भने, खेल पूरा गर्न थप १९० मिनेट दिइनेछ। विजेता बन्नका लागि एउटा टोलीले कम्तीमा १० ओभर ब्याटिङ गर्नुपर्नेछ ।
शनिबारको अतिरिक्त समयमा पनि दश ओभरको ब्याटिङ सम्भव भएन भने आइतबार अर्थात् रिजर्भ डेमा खेल बाँकी रहेको स्थानबाट सुरु हुनेछ ।
तर, आइतबार पनि वर्षाको सम्भावना रहेको छ । तर यसको सम्भावना २० प्रतिशत छ।
रिजर्भ डेमा पनि खेलको नतिजा नआएमा दुवै टोलीलाई संयुक्त विजेता घोषित गरिनेछ ।
यदि खेल बराबरी भएमा सुपर ओभरमा निर्णय हुनेछ। सुपर ओभरमा पनि बराबरी भएमा अर्को सुपर ओभर हुनेछ । खेलको निर्णय नभएसम्म सुपरओभर दिइनेछ ।
वर्षाका कारण सुपर ओभर हुन नसके दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण