ओली र देउवाबिच बालकोटमा वार्ता
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार कांग्रेस सभापति देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।
बालकोटमा दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म देउवा र ओलीबीच भएको छलफलमा समसामयिक राजनीतिबारे छलफल भएको स्रोतले रातोपाटीलाई बतायो । छलफलमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी डा.आरजु राणा पनि सहभागी थिइन् ।
कांग्रेस र एमालेबिच सत्ता सहकार्यको चर्चा भइरहेका बेला ओली र देउवाबिच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । फागुन २१ मा सत्ता विमुख भएको कांग्रेसले सत्तामा फर्किन एमाले र माओवादीसँग दोस्रो तहका नेतामार्फत पछिल्लो समय दोहोरो संवाद गरिरहेको थियो ।
एमसीसी परियोजनामा सहमति जुटाउन बालकोट पुगेका देउवा डेढ वर्षपछि ओलीलाई भेट्न बोलकोट पुगेका छन् । ओली र देउवाको आजको भेटवार्ताले कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि ढोका खोल्ने देउवा निकट स्रोतले रातोपाटीलाई बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण