ओली र देउवाबिच बालकोटमा वार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार कांग्रेस सभापति देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।
बालकोटमा दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म देउवा र ओलीबीच भएको छलफलमा समसामयिक राजनीतिबारे छलफल भएको स्रोतले रातोपाटीलाई बतायो । छलफलमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी डा.आरजु राणा पनि सहभागी थिइन् ।
कांग्रेस र एमालेबिच सत्ता सहकार्यको चर्चा भइरहेका बेला ओली र देउवाबिच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । फागुन २१ मा सत्ता विमुख भएको कांग्रेसले सत्तामा फर्किन एमाले र माओवादीसँग दोस्रो तहका नेतामार्फत पछिल्लो समय दोहोरो संवाद गरिरहेको थियो ।
एमसीसी परियोजनामा सहमति जुटाउन बालकोट पुगेका देउवा डेढ वर्षपछि ओलीलाई भेट्न बोलकोट पुगेका छन् । ओली र देउवाको आजको भेटवार्ताले कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि ढोका खोल्ने देउवा निकट स्रोतले रातोपाटीलाई बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको कपालको लम्बाइबारे लचिलो बन्यो थाइल्यान्ड
-
सात गोलको थ्रिलरमा हार्यो युनाइटेड
-
श्रीअन्तु सामालबुङ खानेपानी आयोजना सञ्चालनमा
-
मनसुन विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन
-
आईपीएलमा ६ बलमा ६ छक्का हिर्काउने पहिलो खेलाडी बने रियान पराग
-
७ जना डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए