संविधान संशोधन गर्नुपर्दैन, कानुन संशोधन गरे हुन्छ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताका आशा र अपेक्षा पूरा गर्न संविधान नै संशोधन नगरी कानुन संशोधन गरे हुने बताएका छन् । आइतबार काठमाडौँमा पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कानुन निर्माण गरे हुने बताएका हुन् ।
‘जनतालाई खुसी पार्ने र सन्तुष्टि गर्न सकेका छैनौ त्यो हामी आफूभित्र खोज्नुपर्ने भएको छ । संविधाननै संशोधन गर्नुपर्छ जस्तो लाग्दैन मलाई । कानुन संशोधन गरे हुन्छ’, अध्यक्ष नेपालले भने, ‘कानुन निर्माण गरे हुन्छ, नयाँ संरचना गरे हुन्छ । अरू देशको अनुभवबाट पनि सिक्न सकिन्छ ।’
आफ्नो पार्टी लोकतान्त्रिक मूल्य र मान्यताको आत्मसात् गर्दै अघि बढ्ने भन्दै उनले नेपालको राजनीतिमा दुईवटा समस्या देखेको बताए । उनले पहिलो समस्या भ्रष्टाचार भएको भन्दै यसको अन्त्य गर्नुपर्ने बताए । साथै उनले दोस्रो समस्या बृहत् चिन्तनको कमी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण