शतप्रतिशत जित निकाल्दै भेनेजुएला कोपाको अन्तिम ८ मा, मेक्सिको बाहिरियो
काठमाडौँ । भेनेजुएला कोपा अमेरिकाको समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार बिहान जमैकामाथि ३–० को सहज जित दर्ता गरेको हो ।
टेक्ससमा भएको खेलमा भेनेजुएलाले पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा ३ गोल गरेको थियो । भेनेजुएलालाई एडवार्ड बेलोले ४९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ४६ औँ मिनेटमा जोस सालमोनले अग्रता दोब्बर बनाए ।
८५ औँ मिनेटमा एरिक रेमिरेजले गोल गरेपछि भेनेजुएला ३–०को सहज जितका साथ अन्तिम ८मा पुग्न सफल भयो । जमैका भने समूह चरणका सबै खेलमा हार बेहोरेर बाहिरिएको छ ।
यही समूह बीमा रहेका इक्वेडर र मेक्सिोको बराबरी खेले । बराबरीले इक्वेडरलाई अन्तिम ८ मा स्थान पक्का गराउँदा मेक्सिको भने प्रतियोगिताबाट बाहिरिएको छ । दुवै टिमको समान चार चार अङ्क भए पनि गोल अन्तरका आधारमा इक्वेडर अन्तिम आठमा प्रवेश गरेको हो ।
क्वार्टरफाइनलमा भेनेजुएलालले क्यानडासँग खेल्दा इक्वेडरले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण