क्यामरा भएको इयरपडमा काम गर्दैछ एप्पल

क्यालिफोनिर्या । एप्पल अद्वितीय र फरक उत्पादनका लागि बढी चर्चित छ । एप्पलका फिचरहरू अन्य ब्रान्डभन्दा अद्भुत र फरक हुने गरेका छन् ।
अहिले बजारमा क्यामेरा भएको इयरबड छैनन् । तर एप्पलले यो सपना साकार पार्ने भएको छ । एक रिपोर्टकाअनुसार एप्पलले नयाँ इयरपड्समा काम गरिरहेको छ, जसमा इन–बिल्ट क्यामेरा हुनेछ ।
एप्पलले नयाँ इयरपड्समा काम गरिरहेको र यसमा इन–बिल्ट क्यामेरा हुने प्रसिद्ध विश्लेषक मिङ–ची कुओले आफ्नो रिपोर्टमा भनेका छन् । यी इयरपडको मास उत्पादन सन् २०२६ सम्ममा सुरु हुनेछ बताइएको छ ।
यसको मतलब यसको लागि अझै डेढ वर्ष बाँकी छ । एप्पलको नयाँ इयरपड्समा इन्फ्रारेड क्यामेरा हुनेछ, जसले आईफोन र आईप्याडको फेस आईडी जस्तै टेक्नोलोजीमा काम गर्नेछ ।
यो एप्पलको भिजन प्रो प्रोजेक्टको हिस्सा हो । इयरडडका लागि क्यामरा भने फक्सकोनले आपूर्ति गराउने बताइएको छ । इयरपडमा आइआर क्यामेरा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना
-
पाँच प्रदेशमा फैलियो मनसुन, आज यी तीन प्रदेशमा धेरै वर्षा हुने सम्भावना
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल
-
हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?
-
यस्तो छ अनेरास्ववियु निर्वाचनको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?