पिकनिक मनाउन गएका एकै परिवारका ४ जनाको डुबेर मृत्यु
नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको मुम्बई नजिकै लोनावालामा आइतबार ठुलो दुर्घटना भएको छ । लोनावलामा बिदा मनाउन गएका एकै परिवारका सात जना झरनाको पानीमा बगेका थिए । झरना भुसी बाँध पछाडिको पहाडमा थियो ।
सात जनामध्ये दुई जनाले पौडिएर आफ्नो ज्यान बचाए । आइतबार तीन जनाको शव फेला परेको थियो । सोमबार अन्य दुई जनाको खोजी जारी थियो । खोजीका क्रममा थप एक शव फेला परेको थियो । योसँगै यस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बेपत्ता एक जनाको खोजी जारी रहेको बताइएको छ ।
सो क्षेत्रमा धेरैजसो मानिसहरू मनसुनमा बिदा मनाउन आउने गरेका छन् । आइतबार पीडितको परिवार पनि पिकनिकको लागि मुम्बईबाट ८० माइल टाढा रहेको लोनावाला गएको थियो । आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बाँध पानीले भरिएको थियो । जसका कारण झरनामा पानीको बहाव बढ्यो । घटना भिडियो क्यामेरामा कैद भएको छ । जसमा परिवारका सदस्यहरू एक अर्कालाई समातेर ढुङ्गामा उभिएको देख्न सकिन्छ ।
केही मिनेटमै पानीको तीव्र बहावमा परिवार नै बगे । उनीहरूले सहयोगका लागि हार गुहार गरेको पनि सुनिन्छ । तर पानीको बहाव तीव्र हुँदा मद्दतका लागि कोही पनि जान सकेनन् । यो घटना आइतबार दिउँसो १ः३० बजेको हो ।
घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी घटनास्थलमा पुगेको थियो । उनीहरूले डोरी र ट्रेकिङ गियरले पीडितहरूलाई उद्धार गर्ने प्रयास गरेका थिए । प्रहरीका अनुसार पर्यटकहरू झरनामा चिप्लिएर जलाशयमा डुबेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण