बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

गायक ठकुरीको ‘मनको थैली’ सार्वजनिक (भिडियो)

बिहीबार, २० वैशाख २०७५, १९ : २०
बिहीबार, २० वैशाख २०७५

काठमाडौं । नेपाली र नेपालको छुट्टै पहिचान बोकेको मौलीक बाजा हो पञ्चेबाजा । जुन बाजामा आधारीत रहेर गायक तथा सर्जक राजन ठकुरीले ‘मनको थैली’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेका छन् ।

दर्शन डिजिटलको प्रस्तुतीमा रहेको ‘मनको थैली’ गीतमा गायक ठकुरी, बमबहादुर वयक र देवी घर्ती मगरको स्वर रहेको छ । गीतलाई गायक ठकुरी स्वयंमले लयबद्ध गरेका छन्, भने शब्द पनि उनी आफैँले लेखेका छन् । 

गीतलाई निकै सरल र मिठास तरिकाबाट म्यूजिक भिडियो निर्माण गरिएको छ । जसलाई हमाल म्यूजिक प्रालिका सञ्चालक तथा निर्देशक सज्जन हमालले निर्देशन गरेका छन् । गीतमा पछिल्लो समय निकै व्यस्त रहेका मोडल तथा व्यवशाही विवश ठकुरी र बिनु खड्काको अभिनय रहेको छ । 

गीतमा शम्भु चालिसेको छायांकन रहेको छ भने, सुजन शाहीका सम्पादन रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप