मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ, सरकार केही हुँदैन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदलबारे बाहिर आएका चर्चा सत्य नभएको ब्रिफिङ गरेका छन् । सञ्चारमन्त्री रेखा शर्माले बैठकमा प्रधानमन्त्रीले गरेको ब्रिफिङ उदृद् गर्दै सत्ता समीकरण लामो समय जानेगरी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी दिइन् ।
‘सत्ता परिवर्तनको छलफल केही भएको छैन । प्रधानमन्त्रीले केहि ब्रिफिङ गर्नुभयो । बाहिर आएका कुरा र यथार्थ कुरा के हो भन्ने विषयमा ब्रिफिङ गर्नुभयो । असमझदारी भए भन्ने जुन खालको हल्ला भए त्यस्तो छैन । यही गठबन्धन लामै समय जाने उहाँले जानकारी दिनुभयो । सरकार तलमाथि हुने जुन भ्रम सिर्जना भएको छ । त्यस्तो केही होइन’, प्रवक्ता शर्माले भनिन् ।
मन्त्री शर्माले एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबिच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भनेर गरिएको प्रचारमा समेत सत्यता नभएको बताइन् ।
‘अघिल्लो समीकरणमा राष्ट्रिय सकारको कुरा उठेको थियो तर अहिले त्यस्तो कुरा पनि छैन । कैयन कामहरू गर्दा राष्ट्रिय सहमति चाहिन्छ भन्ने कुरा निरन्तर छलफल भएकै छ’, शर्माले भनिन्,‘टीआरसी लगायत बिलहरू पास गर्नु भन्ने छ । त्यसैले राष्ट्रिय सहमति भनेको राष्ट्रिय सरकार होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण