मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ, सरकार केही हुँदैन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदलबारे बाहिर आएका चर्चा सत्य नभएको ब्रिफिङ गरेका छन् । सञ्चारमन्त्री रेखा शर्माले बैठकमा प्रधानमन्त्रीले गरेको ब्रिफिङ उदृद् गर्दै सत्ता समीकरण लामो समय जानेगरी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी दिइन् ।
‘सत्ता परिवर्तनको छलफल केही भएको छैन । प्रधानमन्त्रीले केहि ब्रिफिङ गर्नुभयो । बाहिर आएका कुरा र यथार्थ कुरा के हो भन्ने विषयमा ब्रिफिङ गर्नुभयो । असमझदारी भए भन्ने जुन खालको हल्ला भए त्यस्तो छैन । यही गठबन्धन लामै समय जाने उहाँले जानकारी दिनुभयो । सरकार तलमाथि हुने जुन भ्रम सिर्जना भएको छ । त्यस्तो केही होइन’, प्रवक्ता शर्माले भनिन् ।
मन्त्री शर्माले एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबिच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भनेर गरिएको प्रचारमा समेत सत्यता नभएको बताइन् ।
‘अघिल्लो समीकरणमा राष्ट्रिय सकारको कुरा उठेको थियो तर अहिले त्यस्तो कुरा पनि छैन । कैयन कामहरू गर्दा राष्ट्रिय सहमति चाहिन्छ भन्ने कुरा निरन्तर छलफल भएकै छ’, शर्माले भनिन्,‘टीआरसी लगायत बिलहरू पास गर्नु भन्ने छ । त्यसैले राष्ट्रिय सहमति भनेको राष्ट्रिय सरकार होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेडिकेटेड र ट्रंकलाइन बक्यौता: पुनरवलोकनका लागि ४६ उद्योगले दिए निवेदन
-
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
-
बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ?
-
५६ करोड ७१ लाख बिगो माग गरिएका थापा ३ लाख धरौटीमा रिहा
-
राजु पाण्डेको रिटमा उच्च अदालतले भन्यो - निलम्बन कार्यान्वयन नगर्नू, काम गर्न दिनू
-
समयका पहिराहरू